गढवा गापा अन्तर्गत सिमा क्षेत्रमा थप कडाइ गरिने

 गढवा, दाङ देउखुरीकाे गाउँपालिकाको समिक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा बसेको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ ।

जस अनुसार सिमा क्षेत्रलाई थप कडाइ गर्दै कोरोना सतर्कताका साथ गाउँपालिका भित्र सम्झौता अथवा ठेक्का भएका गौरवका योजनाहरू सुरक्षित तवरले निर्माण अघि बढाउने, कोरोना महामारीमा स्थापना गरिएको बैंक कोष रकम खर्च-मौज्दात सार्वजनिक र विभिन्न सहयोग वापद जिन्सी-नगदको जानकारी गराउने बताइएकाे छ ।

पून रू ५०लाखको विपद कोषमा जम्मा गरी कोरोना बिशेष स्वास्थय-सुरक्षा र आवश्यक राहत सामग्रीमा खर्च गर्ने , पालिका भित्र सबै स्वास्थय चौकीमा सुरक्षित स्वास्थय सेवा छलफल पश्चात सुचारू गर्ने र कोरोना जनचेतनामा महिला स्वंयमसेविका परिचालन गर्ने समेत बताइएकाे छ ।

पालिकाले विपद अवधिभर आफ्ना सटर(पसल)मासिक भाडा छुट दिने र अन्य घर धनीलाई समेत अनुरोध गर्ने ,गाउँपालिका भित्र वित्तीय कारोबार गर्ने विभिन्न लघुवित्त संस्था तथा बैंकलाई यस संकट अवधिभर किस्ता रकम वा ब्याज असुल नगर्न निर्देशन गर्ने , कृषकहरुलाई आवश्यक बिउँ-मल निशुल्क तथा सशुल्क उपलव्ध गराउने र गाउँपालिका क्षेत्रका बाँझो,ऐलानी खाली जमिनलाई निती बनाई किसानलाई कृषि कार्यमा प्रेरित तथा प्रोत्साहन गर्ने  लगायतको निर्णय गरेको गाउँपालिकाका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिएका छन् ।