लकडाउन अनुगमनमा कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी

बबईमा अलपत्र परेका ८० जनाको उद्दार

सुर्खेत, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले लकडाउनको अनुगमनमा निस्केका छन् । सुर्खेतको छिन्चुमा रहेको क्वारेन्टाइन पनि अनुगमन गरेका छन् ।

त्यसैगरी मन्त्री भण्डारीको पहलमा बीच बाटोमा अलपत्र परेका नागरिकका उद्दार गरिएको छ । विभिन्न ठाउँबाट कर्णाली प्रदेश जान हिडेर बबईमा नदीमा अलपत्र परेका ८० जनाको उद्दार गरी क्वारेन्टाइनमा राखिएको छ । मन्त्री भण्डारीका अनुसार प्रवेश अनुमति नपाएर कर्णाली प्रदेशको प्रवेशद्वार बबई पुलमा अलपत्र परेका उनीहरुलाई उद्दार गरी क्वारेन्टाइनमा राखिएको हो ।

उद्दार गरिएका सबैलाई सुर्खेत क्वारेन्टाइनमा खाने बस्ने व्यवस्थासहित राखिएको मन्त्री भण्डारीले बताएका छन् । भेरीगंगा नगरपालिकाको छिन्चुमा निर्मित क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएकाको खानपानको सरकारले गरेको छ । आजे आन्तरिक मामिला मन्त्रालयले बन्दोवस्तीका सामान र जिल्ला उद्योग बाणिज्य संघका तर्फबाट खाद्यान्न भेरीगंगा नपारपालिकाका प्रमुख,उपप्रमुख र वडा अध्यक्षलाई हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए ।