खच्चडमा राहत लिएर यसरी गाउँगाउँ हान्निए अध्यक्ष बम
कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम खच्चडमा राहत सामाग्री लिएर गाउँगाउँ पुगेका छन । लकडाउनका बेला भोकमारीको समास्या नपरोस भन्दै अध्यक्ष बम गाउँगाउँ हान्निएका हुन ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसैलाई लक्षित गर्दै पलाँता गाउँपालिका अध्यक्ष बमले खाध्यन्न सामान लिएर पलाँताको ४ नं वडामा वडामा पुगेका हुन ।
पुमंगलबार बिहान करीब ८ बजे परेको चट्याङले घर भत्काई गगनशिह महताराको घरमा क्षेति पुर्याएको र उनिहरुलाई खान लाउन समेत समस्या भएको जानकारी पाउना साथ पलाँता गाउँपालिका अध्यक्ष बम ब्यक्तीगत खाध्यन्न सामान लिएर वडानं ४ पुगेका र आठ परीवारहरुलाई एक एक बोरा चामल, दुई पाकेट तेल घर क्षेति पुग्ने परीवारहरुका लागी पाल र प्रत्यक घरलाई पाँच केजि नुन बितरण गरेको चारका वडा अध्यक्ष ऐन राज महताराले बताए ।
सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेको कारण खाध्यन्न सामान लिन समेत गारो भएकाले खच्चरमा खाध्यन्न सामान बोकी आफै पुगेका हुन । सोमबार करीब ३१८ घरधुरीमा जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिदै बमका अनुसार राहत लिनका लागि राहत सामग्रीमा चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री रहेका छन् ।