लकडाउनमा नागरिकलाई भोकै बस्न नदिन राप्ती उवासंघले गर्यो राहत सामाग्री प्रदान
भालुवाङ, दाङ देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा तीन लाख बढीको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा संघले बिहीबार ३ लाख २४ हजार ४ सय १ रुपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले राप्ती गाउँपालिका भित्रका नागरिकलाई राहत बितरण गर्न संघले उक्त राहत रकम बराबरको खाद्य सामाग्री उपलब्ध गराएको संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले जानकारी दिएका छन् । नेपाल सरकारले देशैभरि एकद्धार प्रणालीबाट राहत बितरण गर्ने नीति अनुसार संघले स्थानीय सरकार राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा उक्त खाद्य सामाग्री उपलब्ध गराएको अध्यक्ष पोख्रेलले बताए ।
उक्त राहत संघले संस्थाको कोषबाट ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराएको छ भने बाँकी २ लाख ७४ हजार ४ सय १ रुपैयाँको राहत संघको कार्यसमितिका पद्धाधिकारी, सल्लाहकार तथा संघको कार्यक्षेत्र भित्रका उद्योगी, व्यापारी र स्थानीय बजार व्यवस्थापन समितीबाट राहत स्वरुप नगद तथा खाद्य सामाग्री संकलन गरी उक्त रकम बराबरको खाद्य सामाग्री खरिद गरी एकमुष्ट गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिए ।
जस अनुसार राप्ती हार्डवेयर्सका सञ्चालकद्धय होमप्रसाद शर्मा र रामप्रसाद शर्माको व्यक्तिगत तर्फबाट १ लाख १ हजार रुपैयाँ नगद, संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको व्यक्तिगत तर्फबाट ४१ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री, राप्ती अञ्चल अटो इन्जिीनियरिङ एशोसेट शाखा कार्यालय भालुवाङको तर्फबाट १२ हजार ७ सय ७० रुपैयाँ बराबरको खाद्य सामाग्री, रिजाल खाद्य भण्डारका सञ्चालक शितल रिजालबाट ११ हजार, लालमटिया बजार व्यवस्थापन समितिको तर्फबाट ९ हजार, न्यू पोख्रेल किराना पसलका प्रो. तुलसीराम पोख्रेलबाट ६ हजार १ सय, संघका सल्लाहकार युवराज न्यौपानेबाट ४५ सय, संघका महासचिव सुरज खड्काबाट ४५ सय, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसालको व्यक्तिगत ४५ सय, गणपति हार्डवयर्स लालमटियाका प्रो पिताम्बर रोकायबाट ४५ सय, बर्षा एटुजेटका प्रो. हिमानन्द पाण्डेबाट ४५ सय, संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीबाट २४ सय, जिआर काष्ठ उद्योग पाखापानीका सञ्चालक गञ्जबहादुर बिष्टबाट २४ सय, अनुज इन्टर प्राइजेजका सञ्चालक राजकुमार गुप्ताबाट ४८ सय, चाँद गल्ला पसलका प्रो. नसिर उल्हा हलवाईबाट ४८ सय र जिके हार्डवेयर्सका प्रो गोपाल आचार्यबाट ४८ सय बराबरको खाद्य सामाग्री संकलन गरी संघले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघका महासचिव सुरज खड्काले जानकारी दिए ।
त्यस्तै अमित रेडियो घडी सेन्टरका प्रो गिरबहादुर जिएमबाट २४ सय, हाम्रो होटलका सञ्चालक चन्द्रबहादुर मल्लबाट ५ हजार, हरियाली गेष्ट हाउसका सञ्चालक माधब पोख्रेलबाट ५ हजार, शान्ता मेडिकल हलका प्रो. दुर्गाबहादुर बस्नेतबाट ५ हजार, राप्ती पुस्तक पसलका प्रो. कर्णबहादुर पौडेलबाट ५ हजार र देउखुरी अटो स्वेयरका प्रो माधब÷गोपाल घिमिरेबाट ४ हजार ८१ रुपैयाँ बराबरको खाद्य सामाग्री लगायत डेढ दर्जन बढी उद्योगी व्यवसायले समेत नगद तथा जिन्सी राहत संघमा जम्मा गरी गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघका महासचिव खड्काले बताए ।
त्यस्तै पाखापानीका बिष्णु बन्जाडेबाट १२ सय, गिरीराज खनाल १२ सय, घमानसिंह रावत १२ सय, राजु पौडेल १२ सय, हुमबहादुर आचार्य १२ सय, हस्तबहादुर गुरुङ्ग १२ सय, सुर्यप्रकाश शर्मा ९ सय ६०, टेकबहादुर बिष्ट १२ सय, सुमन्त भुसाल १२ सय, टेकबहादुर गुरुङ्ग १२ सय, श्यामप्रसाद बोहरा १२ सय, मात्रिकाप्रसाद पोख्रेल १ हजार ४ सय ९४ रुपैयाँ बराबरको खाद्य सामाग्री संकलन गरी संघले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै संघका कार्य समिति सदस्य माधव भुसाल १२ सय, लुम्बिनी फेन्सी स्टोरका प्रो. बुधर अलि १२ सय, बाबुराम फेन्सी तथा कपडा पसलका प्रो. बाबुराम थापा १२ सय, संघका कार्यसमिति सदस्य बिक्रम पाण्डे १२ सय, संघका कोषाध्यक्ष श्रीधर खत्री १२ सय, बहादुरकर्ण केसी १२ सय र उज्वल सुनचाँदी पसलका प्रो. रामबहादुर सुनार १ हजार ६ सय ९७ रुपैयाँ बराबरको खाद्य सामाग्री संकलन गरी संघले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघको कार्यालयले जानकारी दिएको छ ।
उक्त राहत संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई प्रदान गरेका थिए । यसैबीच संघले राहत उपलब्ध गराएर सहयोग गर्ने संघका कार्यसमितीका पद्धाधिकारी, सल्लाहकार, सम्पूर्ण स्थानीय बजार व्यवस्थापन समिती, स्थानीय संघसंस्था, उद्योगी, व्यापारीलाई धन्यबाद ज्ञापन समेत गरेको छ ।
राहत बितरण कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, महासचिव सुरज खड्का, सचिव टोपबहादुर झाँक्री, संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसाल, संघका सल्लाहकारहरु युवराज न्यौपाने, बुधर अलि, गिरबहादुर जिएम, कार्य समिति सदस्य तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ता, पूर्व उपाध्यक्ष रामबहादुर सुनार र पूर्व महासचिव हिमानन्द पाण्डे लगायतको उपस्थिती रहेको थियो ।