लकडाउनलाई कडा गर्न समिति बनाएर जुटे नेपालगन्ज एयरर्पोटका स्थानीय
नेपालगन्ज ,बाँके नेपालगन्ज उपमहानगरपालिका २० का स्थानीयहरु कोरोना संक्रमणको रोकथामका लागि लकडाउनलाई कडा गर्न आफै लागि परेका छन । एयरर्पोट क्षेत्रमा धेरै हेलचक्राँइ भएको भन्दै स्थानीयहरु समिति गठन गरेर आफै जुटेका हुन ।
बुधबार तिर्थ बहादुर खत्रिकाे अध्यक्षतामा ९ जनाकाे कार्यसमित बनाएर काेराेना राेकथामका लागि लकडाउन कढाइ समिति बनाएका हुन । उनिहरुले होटल,पसलहरु जथाभावी खोलेको र बजारक्षेत्रमा भिडभाड बढेको भन्दै समय तोकेर खुला गर्ने स्थानीय युवा फडेन्द्र बुढाथोकीले बताए । बुढाथोकीका अनुसार उनिहरुले स्थानीय तवरमा किराना पसलहरु १२ बजेदेखि ३ बजेसम्मा र डेरी पसलहरु बिहान ६ बजेदेखि ८ साँझ ६ देखि ८ बजेसम्मा खुला गर्न पाउने बताएका छन ।
त्यस्तै राँझाँ चोकदेखि सम्झनाचोक सम्मा मनोमानी बढेको भन्दै चिन्ता समेत ब्यक्त गरेका छन । उनिहरुले आकश्मीक सेवाका लागि समन्वय गरेर छुट दिने बताएका छन । साथै कसैले जथाभावी गरी लकडाउन उलंघन गरे पहिलो चरणमा सम्झाउने अर्कोपटक नमाने कारबाही गर्ने बताइएको छ । समितिले ४ गतेदेखि लकडाउनलाइ कडा गर्ने जानकारी दिएकाे छ । त्यस्तै लकडाउन कढाइ कार्य समितिमा गणेश भुजेल सचिब,कर्ण कुमार श्रेष्ठ काेषाध्यक्ष रहेकाे बताइएकाे छ ।
यस्ताे छ समिति