दाङकाे राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी

भालुवाङ ,दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप प्रकोप ब्यवस्थापन कोषमा रकम आउने क्रम जारी रहेकाे हाे । 

खातामा राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँ स्थित विष्णु विस्वास क्लीनिक तथा मुना मेडिकल हलका स्वास्थ्यकर्मी बसन्तकुमार रावत र विष्णा रावतले २५ हजार रूपैयाँ र राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट स्थित स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्थाले ५ हजार रूपैयाँ प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा हुने गरि सो रकम अाएको हो । साथै सहयोग गर्न चाहानेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले सबैमा अपिल समेत गरेकाे छ ।