लकडाउन मेसिन र मान्छे

ऐले नेपाल बन्द छ
त्यसैले ट्राभल बन्द छ ।

राहत लिन आएको
कुनै किसान मज्दुर झैँ गरेर
लाइन लागेर बसेका छन गाडिहरु
हर दिन घाम तापेर ।

किनकी, ऐले ट्राभल बन्दछ ।
त्यसैले प्रगति  मन्दछ ।

विशाल पर्यटन बर्स २०२० को बेलामा
या, नेपाल खुल्ला रहेको दिन
अल्छे यिनिहरुले कैले पनि चाहेनन
खुल्ला रोड बाहिर निस्किन ।

ऐले भोक लाग्यो भन्छन
र भन्दछन कि
जनावार झै गरेर
म मज्जाले खुल्ला आकास मुन्तिर
सडक किनारमा लखर लखर
हिड्न चाहान्छु ।
यसैले, मलाइ घरबाहिर छाडिदिनुस।

मिल्दैन,किनकी नेपाल बन्दछ
जब,म यिनिहरुको खानेकुरा
इन्धन किन्न पेट्रोल पम्पसम्म निस्किन्छु।

तब,सोच्दछु कि काम नगर्नेलाइ
पनि केको माम खुवाउनु ?
ट्राफिक प्रहरिलाइ छलेर
अलिकती जसो तसो
कालो बजारबाट इन्धन लिएर आउछु
अनि कुदाउछु यिनिहरुलाइ एकछिन

टाठ पल्टिएर खरानी भैरहेको बेलामा
हरेक दिन किनारमा गाडी स्टार्ट गर्नुपर्दछ
बिचार गरिरहेछु सरकार
आज यो सन्सारमा भोकमारी लागेर
कति हजार मान्छेहरु व्रत बसेका छन
तर हरेक दिन यहाँ गाडी स्टार्ट गर्नुपर्दछ ।

आफ्नु इन्जिन र मिशिन बचाउने
बहानाहरुमा
तेल खाइरहन्छ
हरेक दिन
धुवा फ्याकिरहन्छ
फगत न्युटलको चालमा
तेल खाइरहन्छ
र दौडिरहन्छ सधै
सबतरफ
गेट बन्द गरिएको कुनै रङ्गगिन आगनहरुमा ।

जसरी कि अचेल मान्छेहरु पेटभरी खान्छन
र जान्छन भात पचाउनलाइ
कुनै खुल्ला आकासमुन्तिर
कारागार जस्तो आफ्नै दरवारको कौसिमा
त कैले ढोकाहरु बन्द गरेर
कुनै अन्धकार कोठामा ।

आफ्नाे इन्जिन तताउनलाइ
रातमा
र फर्किन्छन फेरि पनि
भान्सामा
चामल पकाउनलाइ ।

यस्तो लाग्छ सायद
यसपल मेरो नित्म कर्म पनि
केवल यस्तै यस्तै भएको छ।

कि बन्द भएको ट्राभल कम्पनीको
कुनै गतिशिल गाडि जस्तै ।

न्युनतम सन्देस तर अधितम यथार्थ चित्रण ।