डोल्पा ठुलीभेरी नगरपालिकाले जिल्ला अस्पताललाई ५ लाख सहयोग गर्ने

डोल्पा ,डोल्पाको ठुलीभरी नगरपालिकाले कोरोना रोकथामका लागि जिल्ला अस्पताल डोल्पालाई ५ लाख सहयोग गर्ने भएको छ । नगरपालिकाले नयाँ बर्षको अबसर पारेर जिल्ला अस्पताललाई ५ लाख सहयोग घोषणा गरेको हो ।

आज बसेको बोर्डको बैठकले जिल्ला अस्पताललाई ५ लाख सहयोग घोषणा गरेको ठुलीभेरी नगरपालिका वडा नं ९ का अध्यक्ष तथा बाेर्ड सदस्य बिर्मल कुमार भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कोरोना रोकथामका लागि नगरपालिकाले सहयोग गरेको हो । भने केहिदिन अगाडि नगरपालिकाले राहत काेष पनि स्थापना गरेकाे छ ।