लकडाउनले सुनसान रारा (फोटो फिचर)

जति हेरे पनि नअघाइने प्रकृतिको त्यो खजाना

 

सरकारले जारी गरेको लकडाउनले पर्यकटिय स्थलहरु सुनसान बनेका छन । त्यस्तै मुगु जिल्लामा रहेको रारा पनि सुनसान बनेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय केन्द्र रारा यतिबेला सुनसान छ । 

नेपालकै ठुलो तालका रुपमा रहेको रारावरपरका काञ्जिरोवा, रिनमुक्षे, छायानाथ, सिस्ने, चुच्चेमारा हिमालले तालको सौन्दर्यमा थप शोभा बढाएका छन्।दिन खुलेको बेला हिमालहरू ऐनामा जस्तै सीधै तालमा प्रतिविम्बित हुन्छन्।

मुगुको जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उँचाइमा पर्छ । वरिपरि जंगलको बीचमा रहेको रारातालको पूरा आकृति हेर्ने हो भने समुद्री सतहदेखि करिब ४ हजार मिटर उँचाइमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय व्यवसायी बताउँछन् ।

यो तालमा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ ।

तस्विर – देबिकृष्ण रोकाया युवा पर्यटन ब्यवसायी