राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा हुनेक्रम जारी

भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा रकम जम्मा गरिदिन अाग्रह गरेकाे थियाे ।

त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित स्वर्गद्धारी ग्रामीण विद्युत सहकारी संस्थावाट १५ हजार रूपैयाँ , राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया स्थित भृकुटि महिला विकास बचत तथा ऋण सहकारी संस्थावाट २५ हजार र राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थावाट १० हजार र लमहीको गोरखा मोडेल सेकेन्डरी स्कुलबाट २० हजार रूपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ। राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा हुने गरि सो रकम जम्मा भएको हो ।

साथै सहयोग गर्न चाहानेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल समेत गरेको छ ।