पचालझरनामा किसानको अन्न बाली किनेर विपन्नलाई राहत

कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिको स्थानीय अन्न बाली खरिद गरेर विपन्नलाई राहत दिने भएको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुने मकै, कोदो खरीद गरेर विपन्नलाई राहत दिने भएको हाे ।

लकडाउनका कारणले खाद्यान्न समस्या भएका परिवारलाई स्थानीय अन्न बाली खरीद गरेर गाउँपालिकाले विपन्न तथा गरिब परिवारलाई राहत दिन दिन लागेको  गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । गाउँपालिकाको विपत व्यवस्थापन समितिको बैठकले विपन्न तथा गरिब परिवारलाई स्थानीय अन्न बाली मकै, कोदो खरिद गरेर दिन थालिएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।

‘बाहिरबाट आएको खाद्यान्न राहत दिनुभन्दा स्थानीय अन्न बाली खरीद गरेर गरिब तथा विपन्न परिवारलाई राहत दिन लागेका छौँ’ उनले भने, ‘यसले स्थानीय अन्न बाली उत्पादनमा किसानलाई समेत उत्साह दिनेछ ।’ गाउँपालिका प्रत्येक वडामा २० हजार स्थानीय अन्न बाली खरिद गरेर विपन्न परिवारलाई २० पाथी मकै वा कोदो दिइने गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।