विश्व महामारिको त्यो कालो इतिहास

प्रकृतिमा भएका अनेकौ प्राणीहरुमध्ये बुद्धिमान प्राणी वा चेतनशिल प्राणी मनुश्य बर्गमा पर्ने एक मात्र प्राणी मानव हो । मानव आफैमा सृष्टिहको सुन्दर रचना मात्र होइन सृष्टिर संचालन गर्ने जीवीत अस्त्र पनि हो । यधपि हामि यति चेतनशिल हुदाहुदै पनि कतिपय हाम्रा गतिविधिले त कहिले अनेक प्रकारका विपतिले हाम्रो जीवन पटक पटक पर्ने गरेको पाइएको छ ।

मानव इतिहास हेर्ने हो भने पटक पटक विभिन्न प्रकारका मानविय संकटहरु उत्पन्न हुने गरेको र त्यसबाट ठुलो परिमाणमा मानविय क्षति हुने गरेको पाइएको छ । खाष गरि प्राकृतिक प्रकोप, युद्ध, भोकमरी तथा महामारी आदिको कारण कैयौ मानिसले अकालमै ज्यान गुमाउनु परेको दर्दनाक इतिहास पाउन सकिन्छ । कतिपय हुने ठुला क्षतिहरु मानविय प्रयत्न भित्र नियन्त्रण हुन्छन भने कतिपय मानविय प्रयत्ना भन्दा बाहिर हुन्छन् । यस प्रकारका केहि महासंकटमध्ये रोगबाट उत्पन्न हुने शंकट अर्थात विश्व महामारिका बारेमा केहि ऐतिहासिक तथ्यहरुको जानकारी पस्कने जमर्को गरिएको छ ।

एचआइभी/एड्स महामारी(HIV/AIDS Pandemic):

सन् १९७६ साल तिर प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट एचआइभि एड्स (HIV/AIDS)रोगको पहिचान भएर यसको सुरुवात भएको पाइन्छ । यो रोगलाइ पनि एक प्रकारले महामारिको रुप लिएको मानिन्छ । सन् १९८१ देखी २०१२ सम्ममा किरिब ३ करोड ६० लाख मानिसको उक्त रोगको कारण मृत्यु भएको कुरा www.mphonline.org को वेवसाइटमा उल्लेख गरिएको छ ।

ज्क्ष्ख्रब्क्ष्म्क् बाट हाल करिब ४ करोड मानिसहरु संक्रमित भएको पाइएको छ । जागरुकता बढ्दै जाँदा नयाँ उपचारहरु विकास भयो जसको फलस्वरुप धेरै संक्रमितहरु भयमुक्त सफल जीवन बिताइरहेका छन् । यस प्रकार यस रोगबाट मृत्यु हुनेको दर किरिब ५० प्रतिशतले घटेको पाइएको छ । पछिल्लो अपडेट हेर्ने हो भने सन् २०१८ मा मात्र ७ लाख ७० हजार मानिसले एचआइभि एड्स (HIV/AIDS) रोगको कारण ज्यान गुमाउनु परेको तथ्य विश्वृ स्वास्थ्य संगठनले प्रकाशित गरेको छ ।

फ्लूजन्य महामारी (Flue Pandemic):

सन् १९६८ जुलार्इ १३ मा सर्वप्रथम हङ्कङ्ग देखिएको यो भाइरस करिब १७ दिन भित्र सिंगापुर र भियतनाममा फैलिएको थियो भने ३ महिना भित्र यसको फैलावट फिलिपिन्स¸ भारत¸ अस्ट्रेलिया¸ युरोप र संयुक्तराज्य अमेरिका सम्म भएको थियो । हङ्कङ्ग फ्लुका नामले पनि चिनिने साइन फ्लु महामारी हङ्कङबाट फैलिएको थियो ।
यो फ्लु ज्घल्द्द नामक अनुवांशिक जिनबाट फैलिएको कुरा वैज्ञानिकले बताएका छन् ।

यो रोगबाट करिब १० लाख मानिसको मृत्यु भएको थियो भन्ने कुरा विभिन्न प्रतिवेदन तथा वेवसाइटमा पाइएको छ ।
सन् १९५६ ज्द्दल्द्द ए नामक फ्लुएन्जा नामक फ्लु चीनबाट फैलिएको थियो यसको अन्त्य सन् १९५८ मा मत्र भएको थियो । यो दुर्इ बर्षको दौरानमा यो रोगले चीनको गुन्झाउबाट सिंगापुर¸ हङ्कङ्ग र संयुक्तराज्य अमेरिका सम्म यसले यात्रा गरेको थियो ।

विभिन्न प्रकारका फ्लु जन्य रोग ९साइनफ्लु¸ बर्डफ्लु¸ एसियन फ्लु¸ इन्फ्लुएन्जा आदि० संक्रमणका कारण विश्व मा करिब सन् १९१८ देखि यता करिव २ करोड देखी ५ करोड मानिसले ज्यान गुमाउनु परेको विश्वु स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ ।

हैजा महामारी (Cholera Pandemic):

विश्वम इतिहास केलाउदा हैजा महामारिले पनि भारि संख्यामा मानविय क्षति पुर्याएको छ । खाष गरी सन् १३४६ यताको तथ्याङ्क हेर्दा हैजा महामारिका कारण विश्व का करिब ९० लाख भन्दा बढी मानिसको ज्यान गएको तथ्याङ्क छ ।  जसमा सन् १८५२ तिर किरिब १० लखा र सन् १९१० तिर ८० लाख भन्दा बढीको ज्यान गएको देखिन्छ ।

यो रोग भिवियो कलेरा नामक जिवाणुबाट लाग्ने गर्दछ र यसको फैलावटको तिब्रता पनि एकदमै चाडो हुने गर्दछ ।  स्वास्थ्यमा अपनाइने असावधानि तथा सरसफाइका कामिका कारण यो रोग लाग्नेा गरेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको राय छ । मानिसले आफ्नो तथा वातावरणिय स्वास्थ्यमा ध्यान पुगाउन सकेमा यस प्रकारको महामारिजन्य रोगबाछ मुक्ति पाउन सकिने कुरा विज्ञहरुले औल्याएका छन् ।

प्लेग महामारी (Plague Pandemic):

बुवोनिक प्लेग सन् १३४६ तिर युरोपबाट फैलिएको यो रोगले पनि विश्वग भ्रमण गरेको पाइएको छ । यो रोग युरोप हुदै अफ्रिका र एसिया महादेशमा फैलिएको थियो । यो समयमा करिब ७ करोड ५० लाख देखि २० करोड मानिसको ज्यान गएको देखिन्छ ।

त्यसै गरि एन्टोनिन प्लेग सन् १६५ मा मेसोपोटामियामा देखा परेको थियो । यो रोगबाट एशिया माइनर, इजिप्ट, ग्रीस, र इटालीमा ठुलै मानवक्षति भएको थियो । यो रोग खाष गरि कुन जिवाणुबाट हो भन्ने एकिन नभएको कुरा उल्लेख गरिएको पाइएको छ । यो रोगबाट सामान्य नागरिक तथा रोमन आर्मि सहित करिब ५० लाख भन्दा बढिको ज्यान गएको जनाइएको छ ।

फरक फरक समयमा आएको यो प्लेग महामारिका कारण करिब २० करोड ५० लाख भन्दा बढी मानिसको ज्यान गएको कुरा विभिन्न वेवसाइटमा उल्लेख गरिएको प्रतिवेदनमा पाइएको छ ।

महामारिको तथ्याङ्क:

रोग मृत्यु भएको संख्या
एचआइभीरएड्स ३ करोड ६७ लाख
फ्लू जन्य महामारी २ करोड देखी ५ करोड
हैजा महामारी १ करोड देखी ८० लाख
प्लेग महामारी ८ करोड देखि २० करोड

यस प्रकार विश्व महामारिको इतिहास लार्इ अध्ययन गर्ने हो भने फटक पटक पृथ्वीमा ठुलो संख्यामा मानविय क्षति भएको देखिन्छ । पृथ्वीको मानव अस्तित्वलार्इ नै चुनौति दिनेगरि पटक पटक यस खालका महामारिहरुको उदय हुने गरेको पाइन्छ ।

यस प्रकारका महामारिले समाजको व्यवस्था तथा रुपमा परिवर्तन आउने गर्दछ । प्लेग ९ब्ल्याक डेथ० भनेर चिनिने महामारिले चौधौं शताब्दीमा गरेको नरसंहार इतिहासमा अभिलेखित सबभन्दा ठूलो महामारी मानिन्छ । सिल्क रोड हुँदै चीनबाट सन् १३३६ मा युरोप भित्रिएको उक्त महामारीले तीन वर्ष अवधिमा युरोपका आधा मान्छेलाई मृत्युको मुखमा धकेलेको अनुमान छ । यो महामारीको तत्कालीन आर्थिक(सामाजिक प्रभाव पनि अभूतपूर्व मानिन्छ ।

खाष गरि युरोपतिर त्यस ताका चरम सामन्तवादी युग चलिरहेको थियो । राजा र किसानको तहगत सामाजिक संरचनामा जमिनको स्वामित्वको सम्पूर्ण अधिकार राजामा सिमित थियो । सरकारी सेवा गरेवापत राजाले जमिन कर्मचारि तथा सैनिकहरुलार्इ प्रदान गर्दथे र त्यो जमिन ल्याण्डले किसानलार्इ खेतीपातिका लागि दिन्थे । राजा र ल्याण्डलर्ड भनेका ठुला सामन्त हुन जसले जनतामाथि मिलेर शासन गर्दथे ।

ल्यान्डलर्डहरु त्यसका अलवा न्यायाधीश, जुरी र प्रहरीको भूमिकामा देखिन्थे । सामन्ती दोहनकारी यो व्यवस्थामा किसानले केही समय बिना ज्याला काम गर्नुपर्ने तथा ठूलो परिमाणमा कुत, कर र जरिवाना लर्डलाई तिर्नुपर्ने व्यवस्था थियो । प्लेगले मान्छेको विनाश हुदा श्रमिकहरुको उपलब्धतामा कमि आयो फलस्वरुप त्यहाँको सामन्ती व्यवस्थामा दरार पैदा भयो ।

बिना ज्याला काम गर्दै आएका श्रमिकहरुले अब काम गर्दा ज्याला पाउनु पर्ने र जरिवाना जस्ता दण्ड तिर्नु पर्ने व्यवस्थाको अन्त्य हुनु पर्ने माग किसान तथा श्रमिक बर्गले गरे । सोहीअनुसार राजा¸ लर्ड र किसानबीच नयाँ प्रगतिशिल सम्झौता हुन सुरु भए । यसरी राजा तथा लर्डका अनेका प्रकारका दायित्वबाट श्रमिक बर्गले उन्मुक्ती पाउनुका साथै ज्यालादर पनि बृदि हुदै गयो । यसरी श्रमिक संख्यामा आएको कमि तथा सचेतनाका कारण राज्यले जति दमनको निति लिदा पनि ति सब अस्त्र असफल भए ।

इंगल्यान्डमा सन् १३८१ मा भएको किसान विद्रोहले लन्डनको आधा भाग कब्जा गर्न सफल भएको थियो । फलस्वरुप शोषणमूखी श्रमिक व्यवस्था अन्त्यसँगै समावेशी श्रम बजार विकास भयो। यो व्यवस्था क्रमशस् पश्चिम युरोपका अन्य मुलुकमा पनि प्रारम्भ भयो ।

इंगल्यान्डमा यस महामारिले सकरात्मक प्रभाव पारेपनि पूर्वी युरोपमा किसान संगठित हुन सकेनन् । अतिआवश्यक सामाग्रिको अभावले किसान बर्गहरु ल्याण्डलर्डमा पुरा निर्भर हुनु पर्ने बाध्यता आयो । एवम रितले त्यहाँका ल्यान्डलर्डले बढीमात्रामा थप जमिन हात पार्न सफल भए ।

ल्याण्डलर्ड सँग जमिनको ठुलो हिस्सा भएकोले जमिनको आपूर्तिमा उनीहरूको नियन्त्रण रह्यो । यसले माग र आपूर्तीमा नकरात्मक असर गर्यो । जसका कारण बाँच्नका लागि किसान तथा श्रमिकले उनीहरूका थप शोषणकारी शर्त पालना गर्नुपर्ने अवस्था आयो । यसले किसानमाथिको शोषण थप चर्कियो । कुल उत्पादनको आधा मालिकलाई बुझाउनु पर्ने भयो । बिना ज्याला काम गर्नुपर्ने समय बढाइयो । यो कालखण्डलाई दोस्रो ‘दाशता’ पनि भनिन्छ ।

महामारिको प्रभाव सबै ठाँउमा एकै प्रकृतिको नहुने र त्यसको प्रभाव ठाउँअनुसार फरक फरक हुन सक्छ भन्ने यसले देखाउँछ । पश्चिम युरोपमा समावेशी श्रम बजार विकाससँगै जनताको आवाज मुखरित हुँदै गयो । शासनमा जनताको भूमिका स्थापित हुँदै गयो ।

त्यसैको जगमा विकसित राजनीतिक घटनाक्रमले पश्चिम युरोपमा आर्थिक र राजनीतिक संस्था समावेशी बन्यो । नागरिक स्वतन्त्रता र उदार व्यवस्थाले नवप्रवर्तन प्रोत्साहन गर्यो । बौद्धिक सम्पत्ति तथा प्याटेन्ट अधिकार संरक्षण गरियो । फलतस् बेलायत र पश्चिम युरोपमा औद्योगिक क्रान्ति सफल भयो ।

हाल विश्वक कोभिड १९ बाट प्रभावित चरणमा छ । यसबाट विश्वि समुदाय भयावह र त्रसित छ । चीनको वुहान प्रान्तमा सर्वप्रथम प्रकट भएपछि ६७ दिनभित्र एक लाख संक्रमित भए । त्यसको ११ दिनभित्र अर्को एक लाखमा फैलियो । त्यसपछि मात्र चार दिनमा नयाँ एक लाख रोगग्रस्त भए । संक्रमित संख्या दिनदिनै होइन, छिनछिनमा बढ्दो छ । यो रोगको सबभन्दा डरलाग्दो पक्ष यसको सरुवा प्रवृत्ति हो । मानिसबाट मानिसमा सर्ने र संक्रमित मानिसको पहिचान नहुने भएकाले सबै जना सबैसँग डराउनुपर्ने अवस्था छ ।

यो रोगले विश्विका २०८ देशमा भ्रमण गरिसकेको अवस्था छ । यसको उदय भएको देश चीनमा हाल यसको न्यूनीकरण भैसकेको अवस्था छ । चीन आफै अब अन्य प्रभावित मूलुकलार्इ आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सहयोग गर्न तयार छ । यस्तो अवस्थामा विश्वयमा शक्ति राष्ट्रयका रुपमा उदाउदै गएका अर्थात आफुलार्इ विज्ञान तथा आविस्कारको क्षेत्रमा अब्बल ठानेका राष्ट्रपहरु पनि यो महामारिसँग भिड्ने ताकत राख्न सकेका छैनन् ।

धेरै मानिसहरुले सामाजिक संञ्जालहरुमा विभिन्न प्रकारका अड्कलबाजी गर्ने गरेका छन् र बहसहरु छेडिएका छन् ‘यो रोग एक प्रकारको मानव निर्मित जैविक हतियार हो’ भनेर आफ्ना धारणा पोख्न थालेको पाइन्छ । खैर त्यो कुराको प्रमाणित पछि होला नहोला तर वर्तमान अवस्था भनेको विश्व परिवेश भाबि दिनहरुमा के कसरि अघि बढ्ने हो भन्ने हो । शक्तिसालि राष्ट्र हरु अब परिवर्तन हुनेछन् । विश्वुमा अब नयाँ मूलुकहरु शक्तिशालीको रुपमा देख्न् सकिनेछ । यस प्रकारका आकलनहरु पनि हुने गरेको पाइएको छ ।

हरेक पटकका युद्ध तथा महामारिबाट भएका परिवर्तनको इतिहास हेर्दा यो महामारिले पनि केही न केही परिवर्तन त अवश्य ल्याउने छ ।  अब लागौ यो महामारिबाट वर्तमान समयमा कसरी बच्ने । यो रोगको भाइरस नदेखिने तथा यसको सर्ने दर निकै तिब्र भएको कुरा स्वास्थ्य विज्ञहरुले बताउदै आएका छन् । यसको प्रवेसद्वार नाक¸ मुख र आखा भएको र यो भाइरस बोसोयुक्त पदार्थबाट बनेको हुनाले बोसो पखाल्न का लागि साबुन चाहिने भएकोले साबुन पानिले पटक पटक हात धुने गर्नाले यसबाट बच्न सकिन्छ ।

संक्रमित व्यक्तिको पहिचान सजिलै हुन नसक्ने भएकोले व्यक्तिको सम्पर्कमा नजानु नै उपयुक्त हुन्छ अर्थात गुप्तत वास नै यसको उपयुक्त रोकथामको उपाय हो । सरकारले गरेको लकडाउनलार्इ अक्षरस पालना गरेमा यसबाट बच्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण चाइना हो । यसबाट के स्पष्टक हुन्छ भने यदि सावधानिका पर्याप्तन उपाय अवलम्बन गर्ने हो भने यस प्रकारका महामारिजन्य रोगहरु सँग लड्न सकिन्छ ।

प्राय रोगहरु मानव असावधानिका कारण उत्पन्न हुने भएकोले मानव सावधानि तथा जानकारीको ठुलो महत्व रहि आएको छ । त्यसैले सर्व प्रथम मानवचेतना अर्थात जनचेतनाको लेवल उच्च हुनु जरुरी छ अनि यस प्रकारका महासंकटबाट पार पाउन सकिने कुरामा हामि सबैले आत्म विस्वास साथ लाग्नुन पर्ने आजको आवश्यकता हो ।
त्यस कारण विभिन्न देशका सरकार अनि स्वास्थ्य क्षेत्रका बिद्वानहरुले दिएको सल्लाह तथा उपायअनुसार हरेक नागरिकले नियम तथा कर्तव्यको पालन गर्नु पर्ने देखिन्छ ।

अन्यथा यसको परिणात निकै डरलाग्दो हुन जानेछ । यस कारण हामि आफ्नो तथा परिवारको ज्यान लार्इ ठट्टाका रुपमा न सम्झि गम्भिर रुपमा सरकार, स्वास्थ्य निकाय तथा विश्व स्वास्थ्य संगठनले उल्लेख गरेका नियम तथा उपदेशको उचित पालन गर्नु हाम्रो पहिलो कर्तव्य हो ।

नोट : तथ्याङ्कको श्रोत विश्व स्वास्थ्य संगठनको वेवसाइट र www.mphonline.org मा भएका तथ्याङ्कलार्इ आधारमानि यो लेख तयार पारिएको छ ।

स्वास्थ्य बीमा बोर्डमा कार्यरत , ठेगाना कालिकोट पलाता ८