बजारमा फेला परेको रतुवा सामुदायिक वनमा छोडियो

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा फेला परेको भाले जातिको वयस्क रतुवालाई स्थानीय सामुदायिक वनमा छोडिएको छ । ११ केजी ताैल,३ फिट लम्बाई र डेढ फिट उचाई रहेको रतुवा बुधबार विहान १० बजे सिसहनियाँ बजार स्थित मंगल चाैधरीको मोबाइल पसलको सटर भित्र पसेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी चाैकी सिसहनियाँलाई खवर गरेका थिए ।

खवर पाए लगत्तै प्रहरी नायव निरिक्षक गोपालकुमार मल्ल सहितको टोलीले उद्वार गरि चाैकीमा राखेको थियो । भने प्रहरी चाैकी सिसहनियाँले डिभिजन वन कार्यालय देउखुरी र राप्ती सव डिभिजन वन कार्यालय मसुरीयामा खवर गरेका थिए ।

वन कार्यालयबाट अाएको टोलीले अनुसन्धान गरि ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावतको अगुवाई तथा रोहवरमा नजिकैको कालापानी सामुदायिक वनमा छोडिएको छ ।

सो अवसरमा डिभिजन वन कार्यालय देउखुरीका साहायक वन अधिकृत पुरनप्रसाद चाैधरी,ससत्र वन रक्षक वेतबहादुर जिसी, राप्ती सव डिभिजन वन कार्यालय मसुरीयाका रेन्जर दिपेन्द्र देवकोटा,फरेस्टर निमबहादुर बस्नेत,वन रक्षक विष्णुप्रसाद शर्मा, कालापानी सामुदायिक वनका अध्यक्ष छविलाल चाैधरी र पत्रकार ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।