हतियार बिनाको सेनालाई युद्धमा पठाए जस्तै फिल्डमा पठाउनुपर्ने बाध्यता छ- अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिकामा आबश्यकिय स्रोत साधनको अभाव भएको बताए छन । सोमबार गाउँपालिकाको जारकोटमा आयोजित पदाधिकारीको परामर्श बैठकमा कोरोनासंग लडन गाउँपालिकामा आबश्यकपर्ने स्रोत साधनको अभाव भएको बताएका हुन ।
एउटा मास्कको भरमा स्वास्थ्यकर्मीहरु फिल्डमा जानुपर्ने बाध्यता रहेको छ अध्यक्ष सेजुवालले भने यो जटिल परिबेशमा केहि अभाव र दवावको बिचमा हामी निरन्तर लागिपरेका छौँ ।
बैठकमाा बोल्दै अध्यक्ष सेजवालले भने स्वास्थ्यकर्मी साथीहरुलाई हतियार बिनाको सेना जस्तै युद्धमा पठाएको जस्तो भएको छ । यसमा प्रदेश सरकारको सहयोगको खाँचो छ ।
हामी सबै हिसाबले चुनौति मोल्न तयार छौँ । तर सरकारले आबश्यक सामाग्रीको परिपुर्ति गरिदन जरुरत छ । औषधी लगायत पिपई,थर्मोमिटर,लगायतका उपकरणको अभाव रहेको बताएका हुन । सेजुवालले एउटा वडामा १५ वडा थर्मोमिटर बाँडिएको र सबैलाई मास्क बितरण गरेको जानकारी दिए ।