युवानेता मल्लद्धारा खाडाचक्र नगरपालिका वडां न ८ लाई पिपिई र मास्क सहयोग

कालिकोट, नेकपाका युवा नेता गोगन बहादुर मल्ल युनाईटेडले कालिकोट खाडाचक्र नगरपालिका वडा नं ८ लाई ४ थान पिपिई र १ सय थान मास्क सहयोग गरेका छन ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिष्ट्र पार्टी नेकपा कालिकोट जिल्ला कार्यसमिति, सचिवालय सदस्य गोगन बहादुर मल्ल युनाईटेडले साेमबार खाँडाचक्र नगरपालिका वडां न ८ मा ४ थान पिपिई र १०० थान मास्क वडा स्वास्थ्य ईकाईलाई सहयोग गरेका हुन ।

(कोभिड१९ ) बाट बच्नका लागि सानो सहयोगले वडालाई केहि राहत होस भन्ने मान्यता सहित सहयोग गरेको नेता मल्लले बताए । मल्लले यो जटिल परिबेशमा सबैले आ आफनो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरेका छन । उनले सचेत युवा हुनुको नाताले आफुले सामाजिक उतरादायित्व पुरा गरेके समेत बताएका छन ।