अहोरात्र खटेर गाउँपालिकालाई सचेत गराईरहेका छौँः अध्यक्ष शाही

बाहिरबाट आवतजावत समेत बन्द गरेका छौँ

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?

लकडाउनको समयमा कोरोना भाइरसबाट बच्न र बचाउन एकमा उपाय भनेकै लकडाउनको पालना गर्नु हो । उक्त लकडाउन नेपाल सरकारको निर्णयलाई आत्मसाथ गरिएको छ । लकडाउनलाई कायान्वयन गर्न स्वास्थ्यकर्मी,सुरक्षाकर्मि र म आफै पनि जनचेतना जगाउन जनतामाझ लागेका छौँ । पटकपटक साबुन पानीले हात धुने, खाने कुरा राम्रोसँग पकाएर मात्रै खाने लगायतका कुरामा अरुलाई पनि भनिरहेका छौं ।

२.सम्भावित खतराबाट गाउँपालिकालाई सुरक्षित राख्‍न के के तयारी गर्नुभएको छ ?

गाउँपालिकालाई सुरक्षित राख्न सबै हिसाबले लागिपरेका छाैँ  । जनतालाई लकडाउन र कोरोनाभाइरसबारे जानकारी गराउन सबै वडामा उचित व्यवस्था मिलाएका छौं । सबै जनप्रतिनिधि र कर्मचारी साथीहरु रातदिन अहाेरात्र  खटिनुभएको छ । जनचेतना जगाउने ,मास्क र साबुन बितरण गर्ने काम भैरहेकाे छ  । त्रिबेणी,गाडपारी,होतखोलामा हेल्थ तथा हेल्प डेस्क स्थापना संचालन गरिएको छ ।

त्यस्तै  कैलाश माबीमा १० शैयाको क्वारेन्टाइन आधरभुत स्वास्थ्य सेवा सहित बनाइएको छ भने आधार भुत स्वास्थ्य सेवा केन्द्र भोटाऔल म ५ सैयाको निर्माण गरिएकाे छ ।   त्यस्तै तल्लो नर्कुमा ८ सैयाको क्वारेन्टाइन ,इल भानु आ .बिमा ५ सैयाको क्वारेन्टाइन र औषधी उपकरणको ब्यवस्था गरिएको छ । भने एक वडाबाट अर्कोवठडामा आवतजावत समेत बन्द गरिएको छ ।

३. तपाईँको गाउँपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?

भारतबाट आएका ४ जना छन । ति सबैलाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा उनिहरुको क्वारेन्टाइनमा छन अबस्था ठिक छ । प्रत्यक नाकाहरूमा  जति बाहिरबाट आउनुहुन्छ उहाँहरूकाे निग्रानी गर्ने काम भैरहेकाे छ । 

४. यदि यहि अबस्थामा लकडाउन लम्बीययो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?

लकडाउन लम्बिएमा नेपाल खाद्य संस्थानलाई पत्रचार गरेको छु । १ हप्ता भित्रमा चामल खाद्य डिपोमा पठाउछुँ भनेको छ । मौरेको बाटो खुल्ने बित्तिकै चामलको ब्इवस्था हुन्छ । र पहिलो कुरा मुडकेचुला गाउँपालिकामा एक दुई महिना लकडाउनले भोकै मर्ने अबस्था छैन । किनकी मकै प्रस्सत पाउने ठाउँ हो । 

५.धेरैजसो स्थानीय तहमा लकडाउनका पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ ?

हाम्रो गाउँपालिकामा पनि पहिला त त्यति मानेन् । अहिले जनचेतना फैलाउँदा बुझेका छन । हामीले पालिकाका सबै नगारिकलाई कोरोनाभाइरस के हो र यसले के असर गर्छ भन्ने जानकारी पनि गरायाैँ, अहिले सबैले बुझ्नु भएको छ ।  बाहिरबाट आउन पुरा रोक लगाइएका छौँ । बिशेष गरि किसानहरुको खेतिपाती गर्ने मुख्य समय यहि भएको हुनले काम गर्ने गरेका छन तर सामुहिक मेला भोज भतेर बन्द गरिएको छ ।

६.राहत बितरणदेखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?

अहिले हामीले तत्काल राहत बितरण गरेका छैनौँ । राहतको लागि डाटा कलेक्सन हुँदैछ  । अबस्था र परस्थिति अनुसार राहत बितरण गर्ने सोचमा छौँ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि ३ वठटा नाकामा हेल्थ डेस्क त भइनै हाले प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालित छन ।

बिरामीको डाटा संकलन, जनचेतना जस्ता कार्यको साथै औषधी बितरण गरिहेका छौँ । स्वास्थ्य सेवालाई मजबुत बनाउनको लागि आज मात्रै सुर्खेतबाट पिपिई १० सेट,सेनिटाइजर १ सय लिटर सर्जिकल ग्लोबस ६सय५० पिस,सादा ग्लोबस एक हजार पिसको साथै ५ लाख बराबरको औषधी राखिएको छ । तर इनफ थर्मोमिटर नभएर भने समास्या छ ।