महाविपत्तिमा करुणा हराएको सरकार !

कोरोनाको महामारिबाट हाल विश्व नै प्रतिकुल अवस्थाबाट गुज्रिरहेको छ । जतिसुकै आफुलाई शक्तिशाली राष्ट्र ठान्ने शासक वर्गहरु समेत यस महामारीसामु झुक्न बाध्य छन। यस जटिलताबाट मुक्त हुन अन्य मुलुकहरू विशेष अनुसन्धानमा केन्द्रित हुँदै गर्दा नेपालका शासकहरुलाई भने कोरोना महामारी राज्यकोषमा लुट मच्च्याउने अवसर सावित भएको छ ।

 

सम्पुर्ण जनता एकान्तवासमा रहेका बेला स्वास्थ मन्त्रालय तथा रक्षा मन्त्रालय मातहतका मन्त्री तथा मन्त्रीका छोराहरु भ्रष्टाचार र कमिसनमा तल्लिन छन् । संसार नै महासंकटमा गुज्रिरहेको समयमा नेपालका ूमै हुूँ भन्ने सत्तासीनहरु कमिसन र भ्रष्टाचारमा डुब्दै गर्दा नेपाली जनताहरु आक्रोशित छन् ।

यस जटिल परिस्थितिमा जनतालाई साथमा लिएर रोगलाई फैलन नदिइ निर्मुल पार्न जनउत्तरदायी हुनुपर्ने सरकार आजको दिनमा जनताकै शत्रु बन्न पुगेको अवस्था छ । अझ मजाकको बिषय त के छ भने जतिजति विभिन्न मन्त्रालयका मन्त्रीहरू भ्रष्टाचारको मुद्दामा तानिन्छन् उनै मन्त्रीहरु ढुक्कसँग प्रधानमन्त्री खड्ग ओलि कै संरक्षणमा बसिरहेका छन ।

पछिल्लो समय गोकुल बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण तथा चीनबाट खरिद गरिएको मेडिकल सामग्री प्रकरणमा रक्षामन्त्री र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रत्यक्ष संलग्नता देखिनुलाई पर्याप्त उदाहरणको रुपमा लिन सकिन्छ ।

उक्त स्वास्थ्य सामग्री व्यवसायीको कोटेसनभन्दा ४८ गुणासम्म महँगोमा खरिद गरिँदै थियो । जनता एकान्तवासमा रहेको अवस्थामा जनताका समस्या सुन्न उनिहरु चाहिरहेको देखिदैन । जहाँ कि दिनानुदिन जनता खाद्यान्नको अभावमा दिन कटाइरहेका छन । यि सम्पुर्ण जनविरोधी हर्कतहरु टुलुटुलु हेरेर बस्ने सरकार नै भ्रष्टाचारमा तल्लीन छ र भ्रष्टाचारीको संरक्षणमा स्वयं सरकार नै लागिरहेको छ भन्ने स्पष्ट हुन्छ ।

अर्को भद्दा हर्कत त के छ भने यि कमिसनखोरहरु विरुद्ध समाचार सम्प्रेषण गर्दा प्रधानमन्त्रीका सुचना प्रबिधि ९आइटि० सल्लाहकार अस्गर अलिद्धारा वेबसाईट ह्याक गरि उनिहरुको कालो कर्तुतबारेको समाचारनै हटाइन्छ । खड्ग ओलि सरकार नैतिक रुपमा त पतन भै नै सक्यो । प्रचण्ड खेमाहरु यि गतिविधिहरुसामु मौन बस्नु भ्रष्टाचारीकै पक्षमा मौन समर्थन गरिरहेको स्पष्ट हुनजान्छ ।

गोकुल बाँस्कोटा काण्डमा जनताद्धारा कार्वाही गर्दा प्रचण्ड मार्फत आतंककारी घोषणा गरिनु पछिल्लो समय बलियो उदाहरण बनेको छ । प्रधानमन्त्री खड्ग ओलिको स्वास्थ्य अवस्था के छ भन्ने जनता समक्ष जानकारी त छैन तर खड्ग ओलिको मन्त्रीहरुको भ्रस्टाचार र कमिसन काण्ड भने मज्जाले चलिरहेको छ ।

यो जटिल परिस्थितिमा सम्पुर्ण जनता सचेत रहौं । जहाँ छौं, त्यहीँ बसौं । आवतजावतमा कम गरौं । श्रमजीवी जनताको भोक मेटाउन आवस्यक पहल गरौं । सर्वप्रथम स्वास्थ्यको ख्याल गर्दै सम्पुर्ण युवा, विद्यार्थीहरुद्धारा स्वयंसेवकको भुमिका निर्वाह गरौं । त्यसपछीका दिनमा जनविरोधी सरकार विरुद्धको अभियान त छदैंछ ।