इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण

इटाली, पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । इटालीका आधिकारीका अनुसार शनिवार भी यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा १५ हजार ३ सय ६२ सम्म पुगेको छ ।

तर शनिवारपछि इटालीमा आशाको पहिलो किरण देखिएको छ । इटालीको सर्वसाधारणको सुरक्षा गर्ने वाला सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा यस्ता बिरामीको स.खयामा पहिलो पटक कमी देखिएको छ । जसको उपचार आइसीयुमा भइरहेको छ ।

इटालीका सिविल प्राटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारमाध्यममा बताए अनुसार शुक्रवार इटलीका अस्पतालमा क्रिटिकल बिरामीको संख्या ४ हजार ६८ थियो जो शनिवार कम भएर ३ हजार ९ सय ९४ भएको छ । उनका अनुसार यो निकै खुसीको कुरा हो जब क्रिटिकल बिरामीको सख्या पहिलपटक घटेको छ । यसबाट केही राहत मिलेको छ ।