समाचार प्रभावः बाढीपिडितकहाँ पुगे मन्त्री भण्डारी सुने गुनाँसो,दिए निर्देशन
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी सुर्खेतका बाढीपिडित कहाँ पुगेका छन । लकडाउनै समयमा केहिदिन अगाडि कुसेन्युजले बाढिपिडितकाे समास्याकाे बारेमा समाचार तयार पारेकाे थियाे । सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियोसहित) २०७१ सालका बाढीपिडितहरुले समास्या बुझ्न मन्त्री भण्डारी त्यहाँ पुगेका हुन ।
लकडाउनकाे बेला बाढिपिडितकाे समास्या बुझ्न भण्डारी शनिबार वीरेन्द्रनगरको वडा नं ७ मा रहेको महिला प्रशिक्षण केन्द्रमा विगत पाँच वर्षदेखि बस्दै आइरहेका बाढीपिडितहरुको अवस्था बुझ्न पुुगे । वीरेन्द्रनगर नगरपालिकाले विभिन्न ठाउँमा ज्याला गरेर खाने नागरिकलाई विगत केहि दिनदेखि खाद्यान्न वितरण गरेको भएपनि आफूहरुलाई नदिइएको पिडितहरुको गुनासो थियो ।
बाढीपिडितहरूले आफना गुनासा मन्त्री सामु राखेको थिए । उनीहरुका गुनासा सुनिसकेपछि मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर एक दुइ दिनमै जिल्ला विपद व्यवस्थापन समितिमार्फत भोकै बस्न बाध्य हुनसक्ने ज्यालादारी मजदुरसबैलाई राहत वितरण गर्ने मन्त्री भण्डारीलाई आश्वासन दिए । यता, मन्त्री भण्डारीले बाढीपिडितलाई पाँच जनाको ¥यापिड एक्सन टिम बनाउन समेत सुझाव दिए ।
‘तपाईहरुका गुनासा के छन्, समस्या के छन्, के गर्दा समस्या समाधान हुनसक्छ भनेर तत्काल बुझ्नका लागि र समाधानकालागि एक पाँच सदस्यीय समिति बनाउनुस ।’ मन्त्री भण्डारीले भने, ‘तपाइहरुको समस्या एक दुइ दिनमै समाधान गर्ने गरी प्रदेश सरकार अघि बढ्छ । नगरपालिकासँगको समन्वय गर्दै हामी कसैलाई पनि भोकै बस्न दिदैंनौं ।’ मन्त्री भण्डारी शुक्रबार मात्रै बाँकेको नेपालगञ्जमा क्वारेन्टाईनमा बसिरहेका कर्णालीका नागरिकहरुलाई भेटि फर्केका थिए ।