सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?

अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व सामु हार गुहार गरिरहेका छ्न । यो बेला पैसाको काम रहिन्छ भन्ने कुरा इटलिका जनताले सडकमा पैसा छरेको कुरा वाट प्रमाणित भएको छ ।

अमेरीका आफुलाइ बिस्वको सर्ब शक्तिमान ठान्दछ । तर उ पनि कोरोना भाइरस विरुद्धको लडाइमा पराजित भएको कुरा विश्व सामु प्रष्ट भएको छ । नेपाल पनि यो रोगको उच्च जोखिममा भएको कुरा विश्व स्वास्थ्य संगठनले भने पछि नेपाल यसका विरुद्धको अभियानमा जोडिएको हो । यसको अभियानमा जोडीने बेला सरकारलाई साथ सहयोग दिनुपर्छ भन्ने मेरो मान्यता हो र हरेक ठाउमा साथ सहयोग गरेर साथ साथै हिडने कोशिस पनि भैराखेको छ ।

यो बेलामा सरकारका विषयमा आउने नकारात्मक कुराहरुको करेक्सन गर्दै हातमा हात र साथमा साथ जोड्ने कोशिस गरिएकै छ । हाम्रा बिचमा भएका अंतर्विरोधहरु यो बेलामा नउठाउन भनी सार्वजनिक रुपमा अनुरोध गर्दै आएको कुरा बताइरहनु पर्दैन । तर अहिले सरकारको कार्यसैली हेर्दा सरकारको बिरोध नगरिरहन सक्ने बाताबरण रहेन ।

देशको यो विषम परिस्थितिमा सरकारले राम्रो अगुवाइ गर्न सक्नु पर्ने थियोे । सबै जनताको सबै कुरामा मन बुझ्छ भन्ने होइन तर सरकारले आफ्नो हैसेत अनुसार राम्रो ब्यबस्थापन गर्न सक्ने थियोे । अन्तर्राष्ट्रिय रुपमा यो समस्या भयाबह बनेपछी र विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा छ भनेदेखी केही दिनको अबसर दिएर सम्पुर्ण अन्तरास्ट्रिय उडानहरु बन्द गरि भारतीय नाकाहरु पनि बन्द गर्नु पर्थ्यो ।

त्यो बिचमा अन्तरास्ट्रिय उडान र भारतीय नाकाबाट नेपाल छिरेकालाइ सेल्फ क्वारेन्टाइनमा राख्नको लागि स्थानीय सरकार लाई लगाइ वडा समिती र टोल बिकास समितिहरु लाई परिचालन गर्नु पर्ने थियोे । त्यसो गरेको भए नेपाल कोरोना भाइरस को समस्या बाट मुक्त हुने थियोे । त्यति गर्दा पनि क्यारेन्टाइनमा भएका एक दुई जनामा भाइरस देखीएमा त्यो हाम्रो नियन्त्रणमा हुने थियोे ।

अहिले जसरी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि अत्यावश्यक उपकरण , सुरक्षा कबज र औसधि खरिदमा अनियमितता , भ्रष्टाचार र लापरबाही गरेको कुरा आएको छ यो ज्यादै नै खेदजनक छ । यस्तो बेलामा यस्ता कुराको क्षमा दिन पनि सकिँदैन । दुई तिहाइको सरकार छ ।

त्यसैमा पनि कम्युनिस्ट नाम जोडिएको छ । यो बेला सरकारलाई आफ्नो कार्यकुसलता प्रकट गरेर लामो समय सम्म जनताको बिचमा प्रभाब छोडने राम्रो अबसर मिलेको थियोे । किनकी यो बेलामा जनता सम्पुर्ण रुपमा सरकारलाइ साथ दिने थिए । सत्ता पक्ष र प्रतिपक्ष भन्ने हुने थिएन । आम जनता लाई नै लागेको थियोे कि यो बेलामा सरकारको बिरोध गर्नु हुदैन । जति सकिन्छ सरकार लाई साथ सहयोग दिनु पर्छ भन्ने नै थियोे ।

आम जनतामा अहिले कोरोना भाइरसको संक्रमणका कारणले भन्दा पनि संक्रमण भयो भने सरकार राम्रो उपचार र यसको नियन्त्रण गर्न सक्दैन कि भन्ने डरले साइकाटिक समस्या हुने सम्भावना छ । धेरै मान्छेहरु डरमा छ्न । अहिले कम्तिमा सरकारले राम्रो ब्यबस्था गरेको छ है भन्ने सन्देश मात्र आउने हो भने धेरै जनता ढुक्क शीत बस्ने थिए । लक डाउन लामो भयो ,खानपिनको र कामको समस्या भयो भन्ने कुरा त्यति धेरै आउने थिएन । जति उपचार र परिक्षण ब्यबस्था राम्रो भएन भन्ने कुरा आएको छ ।

आइसोलेसनमा बसेका बिरामीहरु परिक्षण रिपोर्ट आउनु भन्दा पहिला मरेका छ्न तर उसको रिपोर्ट पछि आउदा पनि नेगेटिभ आएको छ । यदि यस्तै नै हो भने कोरोना भाइरसको संक्रमण नभएको बिरामी पनि त्यही निहुमा उपचार नपाएर मर्ने भयो । त्यो विषयमा सरकारले राम्रो ब्यबस्थापन गर्न सकेन । सरकारी सुबिधा पाएका निजि अस्पतालहरु लाई जिम्मेवार बनाउन पनि सकेन ।

अझै जनताको लेबलमा त के पनि छ भने कतै सरकार कोरोना भाइरस संक्रमीतलाई लुकाएको त छैन ? यश खालका प्रस्नहरु पनि आउने गरेका छ्न । अर्का तर्फ स्वास्थ्य बिज्ञहरु के भनिरहेका छ्न भने हाम्रा परिक्षण सामाग्री माथी प्रस्न उठिरहेको बेला कतै कोरोना भाइरसको संक्रमण नभएको मान्छेलाई संक्रमीत भनेर उपचारमा राख्ने वास्तविक संक्रमीत बाहिर घुमिरहने त भएको छैन ?

बिज्ञहरुमा समेत यो प्रस्न उठेको छ । यदि साच्चिकै त्यही नै भएको रैछ भने नेपालको अबस्था इट्लिको भन्दा पनि भयाबह हुने कुरा निस्चित छ । यो प्रकारको कुराले जनता झनै आतंकित भएको अबस्था छ । तर हामिले के कुरा पनि बुझ्न जरुरी छ भने जहाँ जहाँ चाइनिज हरुको आउ जाउ धेरै भयो त्यही त्यही ठाउँ यो भाइरसको समस्या अलि बढी बिकराल भएको छ । हाम्रोमा त्यस्तो अवस्था छैन । कोरोना भाइरस चिसोमा ज्यादा सक्रिय हुने भएकोले र अहिले गर्मी बढ्दो क्रममा भएको कारणले पनि हामिलाइ बिश्वास छ त्यसले हामिलाइ कुनै असर गर्ने छैन ।

सरकार ले कोरोना भाइरसका विरुद्ध लडनको लागि बनाएको समितिका सयोजक को कुरा सुन्दा आम जनतामा सरकारको कार्यसैली प्रती ठूलो असन्तुष्टि पैदा भएको छ । यश प्रकारका कार्यसैलिका कारण सरकारको बिरोध नगरेर बसिरहने अबस्था बनेन । अहिले पनि एक जिम्मेवार नागरिकका हैसेतले सरकार लाई अनुरोध छ ।

जनतामा पैदा भएको अबिस्वास लाइ मेटाउने गरेर कामलाइ अगाडी बढाएर अबिस्वास मेटाउने काम गरोस र आम जनता बाट सरकार लाई सहयोग गर्ने बाताबरण बनोस । जनता सरकारलाई सहयोग गर्ने पक्षमा छ्न । त्यो कुरा सरकार ले बुझ्न जरुरी छ ।