पोखरामा कोरोना संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा ६ जना मात्रै कोरोना संक्रमित हुन्

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ । ६ जनामध्ये एकजना निको भएर घर गइसकेको र बाँकी पाँचजना उपचारकै क्रममा रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, “अहिलेसम्म नेपालमा कुल ६ वटा कोरोना संक्रमणको केस फेला परेको हो । त्यसमा एकजना निको भएर फर्किइसकेका छन् । पाँचजना उपचारकै क्रममा छन् । दुईजना टेकुमा, दुईजना बागलुङ र एकजना धनगढीमा उपचारका क्रममा छन् ।”

उनले पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ नभेटिएको बताए । उनले भने, “पोखराको केस पोजेटिभ केस होइन ।” उनका अनुसार अहिलेसम्म नेपालमा १२० जना आइसोलेसनमा छन् ।