अखिल क्रान्तिकारी कैलालीद्धारा राहत बितरण
धनगढी,कैलाली अखिल क्रान्तिकारी कैलालीले सडकपेटीमा रहेका असाय बालबालिका र बृद्धालाई राहत बितरण गरेको छ । विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलालीले बिभिन्न राहतका समाग्री बितरण गरेको हो ।
क्रान्तिकारीले सडकपेटिमा रहेका असाह्य , बालबालिका र वृद्ध बस्ने मानव सेवा आश्रमलाई मास्कहरु , डिटोल साबुनहरु , सेनिटाईजरहरुका साथै ६ केजि दाल र नगद रुपैयाँँ ११५० सहयोग स्वरुप प्रदान गरेको छ। सो कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबर जङ्ग सिंह , अखिल (क्रान्तिकारी) कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा मानव सेवा आश्रम सुदुरपस्चिम का संयोजक आदर्श ढकालले विद्यार्थी सङ्गठनले यस्तो कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि मास्क, साबुन , सेनेटाईजर र दाल वितरण गरेर आफुलाई थप उत्साहित बनाएको भन्दै खुशी व्यक्त गर्नु का साथै अन्त्यमा उनले सबै सहभागी विद्यार्थी नेताहरु लाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सङ्गठनको तर्फबाट केन्द्रिय सदस्य बबर जङ्ग सिंहले र अध्यक्ष जोशी ले आफ्नो सङ्गठन सदैव असाहाय , वृद्ध र बेसाहारा को साथमा रहि सक्ने जति सहयोग सदैव गरिरहने प्रतिबद्धता गरेका थिए १