कोरोना संकटले उत्पन्न गरेका तरङ्गहरु

अहिले विश्व कोरोना रोग कोभिड १९ को कारणले ठूलो संकटमा रहेको छ । चिनबाट पहिलो शंक्रमित पुष्टि भएको यो रोग अहिले विश्व भरी फैलिएको छ । यसैका कारणले मान्छेको दैनिक जीवन कष्टप्रद भएको छ । दैनिकी जिबनका अत्यावश्यक बस्तुहरु समेत नपायर साझ बिहानको गर्जो टार्न समेत मान्छेलाई कठिनाइ भएको छ । 

यसैको पेरिफेरीमा रहेर यहाँ सामन्य चर्चा गर्न खोजीएको छ 

चिन को उहान राज्यबाट सुरु भएको कोरोना रोग अहिले बिस्वका करिब करिब सबै देशमा पुगेको छ । यसरि छोटो समयमा रोगले विश्व ब्यापी कारण गर्नुको मुख्य कारण भनेको अहिलेको गोलोब्लाइजेसन नै हो । बिस्वका एक कुनाका नागरिक अर्को कुनामा पुगेर काम गरिरहेका छ्न । चिनको उहान विश्व कै उधोगको केन्द्र हो ।

त्यहाका धेरै मानिसहरु बिस्वका विभिन्न कुना कुनामा मा पुगेका छ्न र आफ्ना उधोगले उत्पादन गरेका बस्तुहरु पनि पुराउने गरेका छ्न । त्यसैले जुन जुन ठाउमा उहान र चिनका मान्छेको आबत जाबत धेरै भयो त्यही त्यही ठाउमा सुरुमा रोग पुगेको हो । तर अहिले सबैले सबैलाइ सार्ने काम गरेका छन । एक विश्लेषण अनुसार चिनको एक व्यापारी जर्मन गएर त्यहाको व्यापारी शीत बसेर ब्यापारको बिसयमा बैठक गरे त्यो बैठक सकेर उनि चिनमा फर्किए उता जर्मनको चिनको ब्यापारी शीत बसेको ब्यापारीले जर्मनकै अरु ब्यापारी शीत पनि बैठक गरे । यता चिनको ब्यापारी चिनमा आएपछि ज्वरो आउने रुघाखोकी लाग्ने सुरु भयो ।

अनि उनलाइ परिक्षण गर्दा कोरोना देखियो । त्यसपछी उनले फोन गरेर जर्मनको ब्यापारिलाइ मलाई त यस्तो भयो तपाई लाई के छ चेक गर्नु त भन्यो र चेक गर्दा उनलाइ पनि कोरोना देखियो त्यो देखीए पछि मात्र उनलाइ ज्वोरो आउने र रुघाखोकी लाग्ने भयो । यस्तै त्यो जर्मनी व्यापारी शीत बसेका अरु जर्मन कै ब्यारीहरुलाइ पनि चेक गरियो र उनिहरुलाइ पनि कोरोना देखियो ।

यसको सर्ने क्रम यसरी बढेको छ । यो कुराले के कुरा पुष्टि गर्दछ भने यसको सरने क्रम तिब्र गतिमा छ । को शीत यसको भाइरस छ को शीत छैन यसको कुनै जानकारी छैन । यसको भाइरस जस्ले पनि बोकेको हुन सक्छ त्यसैले सबै सबै शीत जोगिनु नै यसबाट बच्ने सबै भन्दा सजिलो उपाय हो भन्ने कुरा पुष्टि हुन्छ ।

यो रोगले महामारिको रुप लिएपछि यसले पैदा गर्ने संकट , आउने परिणा, र यसका विरुद्धको लडाइ का विषयमा विभिन्न चर्चाहरु हुन थालेका छ्न । विभिन्न अनुसन्धान कर्ताहरुले विभिन्न अडकल बाजिहरु गरेका छ्न । भोलिको विश्व कस्तो हुनेछ । सामाजिक बुझाइ कस्तो हुनेछ रु शक्ति को केन्द्र कता बन्ने छ रु बिस्व मानव जातिमा राम्रो प्रभाभ कस्ले छोडने छ ?  र त्यहा कुन प्रकारको ब्यबस्था थियोे रु भन्ने प्रस्नहरु उब्जने र त्यसले बिस्वको राजनीतिक दिसालाइ समेत प्रभाबित गर्ने कुरा आकलन गर्न सकिन्छ ।

चिन बाट यो रोगको उत्पत्ती भयो अर्थात पहिलो पहिचान चिनमा गरियो । पहिलो पहिचान गर्ने डाक्टर को समेत निधन भएको छ । तर चिनले रोगका विरुद्धमा लडने कुसलतापुर्बक योजना बनायो र अहिले करिब करिब बिजयी हासिल गरेको छ । त्यतिमात्र होइन उसले विश्व भरी यो रोगका विरुद्धमा लडदा चाहिने सुरक्षा कबज देखि औसधि सम्म पुराउने र आफ्नो जनशक्ति समेत पठाउने काम गरेको छ । उसले यसका विरुद्धमा लडनको लागि पुरै लकडाउन गरेर लागि रहदा सहयोग र साहानुभुती दिनुको साटो उल्टै खिसिटिउरी गर्ने काम अमेरिका र युरोपका देशहरुले गरे ।

अहिले तिनै देसहरुमा दैनिक हजारौ मान्छेको मृत्यु भइरहेको छ । जीवन अस्तब्यस्त भएको छ । पैसाको कुनै काम भएको छैन । नागरिकले पैसा सडकमा छरेका छ्न ।बिस्वका शक्ति सम्पन्न र आर्थिक र स्वास्थ्य उपचारको राम्रो ब्यबस्था भएका मुलुकहरुनै अहिले यो रोगको केन्द्रमा रहेकाछ्न र पनि बिस्वमा यो महामारी फैलिएको छ भने आर्थिक रुपमा कमजोर र स्वास्थ्य उपचार को लागि कमजोर र चेतनाको हिसाबले पनि पछी परेका मुलुकमा यसले आफ्नो केन्द्र बनायो भने अहिलेको भन्दा पनि भयाबह स्थिति बन्ने कुरा आकलन गर्न केही गारो पर्दैन ।

नेपालमा यो लेख तयार गर्दा सम्म ५ जनाको संक्रमण पुष्टि भएको छ । हजारौं लाखौ मान्छेको जीवन अस्त ब्यस्त भएको छ । सरकारले कुसल ब्यबस्थापन गर्न सकेको छैन । यो बेला आम नागरिक ले सजकता र सतर्कता अपनाउदै अफ्ट्यारो परेकालाइ सहयोग गर्ने र सरकार लाई साथ दिने हो तर मुख्य योजना बनाउने र ब्यबस्थापन गर्ने दाइत्व सरकारको हो ।

अहिले जसरी सुरक्षा कबज र औषधि खरिदमा समेत अनियमितता गरेको र भारतबाट आफ्नो देशमा आउनको लागि सिमा क्षेत्रमा आएका नागरिकलाई समेत ब्यबस्थापन गर्न नसकेको अबस्था बनेको छ । यो ज्यादै खेद जनक काम सरकारले गरेको छ । कम्तिमा पनि ती नगरिक लाई आफ्नो देशमा ल्यायर क्वारेन्टाइनमा राख्न सकिने थियोे । आफ्नो देशको पैसा लगेर चिनमा बुझाउनेहरुलाइ प्लेनको ब्यबस्था गरेर ल्याउने र क्वारेन्टाइनमा पनि सरकार ले नै राख्ने तर अर्काको देशमा काम गरेर रेमिट्यान्स बाट देश चलाउने नागरिकलाई अपमान गर्ने । यहि कुराले पनि अहिलेको सरकार कस्को हो भन्ने कुरा पुष्टि गरेको छ ।

यो बिपतको बेलामा चिन , उत्तर कोरिया, क्युबा र भियतनाम लगायतका देशले आफुलाइ फरक रुपमा देखाएका छ्न । तर आफुलाइ विश्व कै शक्ति सम्पन्न बताउनेहरु अस्तब्यस्त देखिएका छ्न । यस्ले पनि भोलिको राजनीति लाई दिशा निर्देश गर्ने देखिन्छ । मान्छे मान्छे बिचको लडाइ भनेको छेडिक मात्र हो । जतिबेला सम्म प्रकृतिमा प्रतुकुलता आउदैन ।

त्यो बेला सम्म ठूलो ले सानो र सम्पन्न ले बिपन्न माथी रजाइँ गर्ने हो । सबै मानव माथी समस्या आयो भने सबै एक हुनुको बिकल्प नै हुदैन । त्यसैले अहिलेका सबै अहंकारहरुलाइ त्यागेर समुन्नत मानव समाज बनाउनको लागि मानिसको अन्तर्राष्ट्रिय जाती बनाउदै समाजबाद र साम्यबादी ब्यबस्था स्थापना गर्न जरुरी छ । अहिलेको समस्या सबै मानव जातिबाट हटेन भने शक्तिको केन्द्रमा भएकाहरु पनि बच्दा रहिन्छ्न भन्ने कुरा त प्रमाणित भयो । त्यो चेत उनिहरुमा आउन जरुरी छ ।