नेपालगञ्जमा पत्रिका वितरकलाई लोकप्रिय सन्देश राष्ट्रिय दैनिकको सहयोग
नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले तीनजनालाई सहयोग गरिएको छ । पत्रिकाले वितरकहरुलाई सहयोग अभियान अन्तर्गत बुधबार तीनजनालाई सहयोग गरेको हो ।
एमके स्टोर्सका सञ्चालक समेत रहेका नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी सङ्घका प्रबक्ता अव्दुल जलिल मन्सुरी मुन्नाले उपलब्ध गराएको खाद्यान्न सामाग्री पत्रिका वितरकहरुलाई सहयोग गरिएको हो ।
लोकप्रियका प्रबन्धक दिनेश ठाकुरले विपन्न समुदायका सहयोग गर्ने नीति अनुसार पत्रिका वितरकहरुलाई सहयोग गरिएको बताए । लोकप्रिय सन्देश दैनिकको अभियानमा सहयोग गर्न आग्रह गर्दै ठाकुरले प्रतिवद्धता अनुसार दाताबाट सहयोग प्राप्त हुनासाथ अन्य वितरकहरुलाई पनि सहयोग गरिने बताए ।
लोकप्रिय सन्देशको अभियानमा नेकपा बाँकेका नेता रत्न खत्रीले ५ हजार, प्रमोद धितालले ५ हजार, समाजसेवी मिन मल्लले ५ हजार, युवा उद्योगपति कमल कार्कीले ५ हजार, युवा ब्यवसायी माईक बुढाथोकीले ५ हजार, भेरी अस्पतालका केशव पौडेलले ५ हजार रुपैया सहयोग गर्ने घोषणा गरेका छन ।