नर्सलाई घर निकाला गर्ने घरबेटी प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७६ चैत्र १८, मंगलवार १७:०६
प्रकासित समय : १७:०६
दाङ,कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने घोराहीका एक घरबेटीलाई आज दाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाप नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडासचिव समेत रहेका आचार्यले घरमा बस्ने स्टाप नर्स खड्कालाई घरबाट निकाला गरेको समाचार संचारमाध्यममा आएपछि नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । पिडितले उजुरी दिएपछि मुद्धा प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।
अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले आफूहरु असुरक्षित रहने भन्दै घरबेटी आचार्यले कोठा छोड्न दबाब दिएपछि १५ गते स्टाप नर्स खड्का होटेलको कोठामा बस्दै आएकी थिइन् ।