कोरियामा धनकुटाका उत्तरकुमार राईको मृत्यु

धनकुटा , वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको मृत्यु भएको छ।

धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार मृत्यु भएको हो। मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे मृत्यु भएको हो।

उनको कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए। मृत्युको कारण खुल्न सकेको छैन।

उनको शवलाई नेपाल पठाउने प्रयास भइरहेको लामाले बताए। राई करिब १० वर्ष अघि कोरिया गएका थिए। मृतक राईका श्रीमती र एक छोरी छन्।