यसरी मनाइयो पचालझरनामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिशेष कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने यो दिवसलाई वडा नं ६ को आयोजनामा बिशेष कार्यक्रम गरी मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले अब महिलाहरु कानुनी हिसाबले पनि बलियो भैसकेको भन्दै संबिधानले धेरै कुरा समेटेको बताए । कानुन निर्माण तह देखि राष्ट्रको महत्वपुर्ण आहोदामा महिलाहरुको सहभागिताले पनि महिला मुक्तिको कुराले सार्थक पाएको बताए ।

अझै पनि यसलाई संस्थागत गर्न सबैको साथ र सहयोग रहनु पर्ने अध्यक्ष सेजुवालको भनाई थियो । त्यस्तै कार्यक्रमकी बिशेष अतिथि बिशेष कार्यपालिका सदस्य बिरेन्द्रा सन्ज्यालले महिलाहरु अझैपनि बिभिन्न बहानामा चेपुवामा परेको भन्दै सामाजिक रुपमा चेतनाको आबश्यक रहेको बताइन ।  बिभिन्न सरोकारवालाहरुको उपस्थीति रहेको कार्यक्रममा वडा अध्यक्ष धनपति बुढाकाे सभापतित्व रहेकाे थियाे  ।