‘सपना’ जसको सपना छ असल कलाकार बन्ने …(भिडियोसहित)

हर मान्छेका असिमित सपना जस्तै अँशुबर्मा उच्च माध्यामीक बिद्यालय जयनगर बारबर्दिया कक्षा १२ मा अध्यनरत सपना परियारका सपना पनि गायीका बन्ने छ । गायीका बन्ने सपना बोकेर बर्बइको पानी जस्तै निरन्तर बगिरहेकी सपना उपयुक्त ठाउँ नपाएको दुखेशो पोख्छिन ।

सिक्ने रहर छ,चासाे छ इच्छाशक्ति छ तर के गर्नु ? उचित ठाउँ छैन । म जस्तै थुप्रै साथीहरू हुनुहुन्छ गायीका बन्ने रहर बाेकेका रहर रहरमै सिमित छन । स्कुलदेखि साना ठुला प्रतियाेगितामा खुलेरै भाग लिने सपना दिल खाेलेर गित गाउँछिन । 

त्याे दिन….

अँशुबमाका बिद्यार्थी एक बिशेष कार्यक्रमको तयारीमा थिए । यत्रतत्र तिरबितर रहेर बसेका उनिहरु आ आफनै धुनमा थिए । हामी अँशुबर्मा माबीको प्रागनमा पुग्दा सपना,युद्ध, जस्तै अरु साथीहरु पनि आफनै लयमा बिजी थिए । शुक्रबारको समय पारेर पुगका हामीले उनिहरुसंग केहि गफ गर्ने साच्यौँ ।

केहि भाईबहिनीहरुसंग बिद्यालयका समास्याका बारेमा गफ गर्यो । हामीले गफकै बिचमा कसैलाई गित गाउन आग्रह गयौँ । भिडबाट एकदुई जनाको नाम आयो । उनिहरु गित गाउन सक्छन । हामीले क्यामराको लेन्स त्यतै सोझयायौँ । उनि अर्थात सपना जसले सुरु गरिन ढुक्कसंग गित साथी हो तिमी माया गर या नगर जे गर्नुछ मायाले गर्छ ।

बर्दियाको अँर्शुबर्मा माबीमा कक्षा १२ मा पढने सपना परियारको सपना छ असल गायीका बन्ने । बारबर्दिया मनिकापुरकी सपना बिद्यालयका सम्पुर्ण कुरामा सन्तष्ट भएपनि संगित कलाश नहुदा अप्ठयारो भएको बताउछीन । संगित कलाश नभएर इच्छाहरुलाई बन्धकी राखेको बताउने सपना गाउँका हर बिद्यालयमा पनि संगित कलाश हुनुपनेृ बताउछीन ।

संगित कलाश भएको भए सिक्न सजिलो हुने बताउने उनि १२ पास गरीसकेपछि औपचारीक रुपमा संगित कलाश सिक्न काठमाडौँ जाने बताउछिन ।

भिडियो