१२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स नेपालगन्जमा हुने

नेपालगन्ज,बाँके १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहिबार नेपालगन्जकाे फुल्टेक्रामा हुने भएको छ ।
बिगत ११ वर्षदेखि नेपालगञ्जको फुल्टेक्रा आँखा अस्पतालस्थित इस्लामीक कुरालाई आम नागरिकको बीचमा पुर्याउने उदेश्यका साथ हुने भएकाे हाे ।  

जस्ने गौसुलवरा कन्फ्रेन्समा भारतको विभिन्न ठाउँबाट मुस्लिम धर्म गुरुहरु आउने भएका छन ।   कार्यक्रम २०७६ फागुन २९ गते राती ८ बजेको समयमा संचालन हुने हाजी रज्जब अलि अन्सारीले जानकारी गराएका छन । 

जसमा मुख्य व्यक्तिको रुपमा मुकरिरे खुसुसी ,पिरे तरिकत रहबरे राहें शरिअत खतिबे जिशान हजरत, अल्लामा मैलाना, सैयद अल्हाज मोहम्मद आमिर मस‍्ऊदी साहब किब्ला खानकाह मस्ऊदीया बान्दा यु पि, साथै जेरे निजामत हजरत हाफिज व कारी हस्सान रजा साहब किब्ला बरेली शरिफ, मुकरिरे जिशान फाजिले जलिल हजरत मौलाना नोमान अख्तर फेकुल जमाली साहब किब्ला झारखण्ड बिहार, त्यसैगरी शायरे हर दिल अजिज जनाब सन्दल जलाल पुरी अम्बेडकर नगर युपि, र शायरे हिन्दुस्तान बुलबुलेबागे मदिना जनाब मुबारक हुसैन मुबारक साहब झारखण्डको उपस्थितिमा कार्यक्रम संचालन हुने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा प्रत्येक वर्ष गौसुलवरा कन्फ्रेन्स संचालनमा ल्याएको हाजी मुबारक अलि, हाजी रज्जब अलि अन्सारीले बताए ।