भारतमा पनि कोरोना संक्रमण भएको पुष्टि

दिल्ली, भारतमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको राजधानी दिल्लीमा एक जना र दक्षिणी राज्य तेलंगानामा अर्का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो  । भारतीय सञ्चारमाध्यमले दुबैमा कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको जनाएका हुन् । उनीहरु दुबै विदेशबाट फर्किएका जनाइएको छ ।

दिल्लीमा कोरोनाको पोजेटिभ देखिएका व्यक्ति इटालीको भ्रमणबाट फर्केको र तेलंगानामा पोजेटिभ देखिएका व्यक्ति दुबई भ्रमणबाट फर्केका थिए । नयाँ दुई जनामा कोरोना संक्रमणको पुष्टिसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या पाँच पुगेको छ ।