तिस देशका राजदूत राखेर अमेरिका–तालिबानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुँदै

एजेन्सी, अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारमा सम्झौता हुदैँछ । शान्ती सम्झौता हस्ताक्षर कार्यक्रममा ३० देशका राजदूतलाई दोहामा निमन्त्रणा पठाइएको छ ।सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारको संयुक्त वक्तव्य जारी गर्नेछ । सम्झौताले १८ वर्षपछि अमेरिका सैनिकको अफगानिस्तानबाट फिर्तीको मार्ग प्रशस्त गर्नेछ ।  

सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यलयले सम्झौतासम्बन्धमा राष्ट्रपति ट्रम्पको धारणा सार्वजनिक गरेको छ ।
‘यदि अफगानी र तालिबान सरकार यो सम्झौताका बुदाप्रति प्रतिबद्ध देखिए भने अफगानिस्तानको युद्ध अन्त्य हुने र अमेरिकी सैनिक फिर्ता हुने बाटो खुल्नेछ ।’ ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा ट्रम्पले भनेका छ ।
ट्रम्पले अफगानिस्तानी जनतासँग शान्ती र सुखद भविष्यको लागि यो अवसरलाई खेर जान नदिन आग्रह गरेका छन् ।

तालिबानले सन् १९९६ देखि सन् २००१सम्म अफगानिस्तानमा शासन गरेका थियो । सन् २००१  सेप्टेम्बर ११ मा अमेरिकाका महत्वपूर्ण स्थलमा भएको आक्रमणमा संलग्न ओसामा बीन लादेन लुकाएको आरोपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेपछि तालिवान सरकार अपदस्थ भएको थियो । 
तर तालिवानी समूहले सरकार त्यागे पनि ग्रामिण क्षेत्रमा आश्रय लिएर संगठनको शक्ति विस्तार गरिरहेको थियो । 
अफगानिस्तान युद्ध अन्त्यको विधिको विषयमा अमेरिका र तालिवानी प्रतिनिधिबीच लामो समयदेखि कतारमा वार्ता चलिरहेको थियो ।

वार्ताको परिणाम स्वरुप यही हप्ता अमेरिका र तालिवानका प्रतिनिधिले २९ फेब्रुअरीमा शान्ती सम्झौता गर्ने सहमती गरेका थिए । शुक्रबार राती ट्रम्पले अमेरिकी प्रतिनिधिलाई सम्झौता गर्न अनुमति दिएका थिए ।  
सम्झौताको १०–१५ दिनभित्र पुन सबै प्रतिधिनिको वैठक हुनेछ । यसमा युद्धपछि महिला र अल्पसख्यकको अवस्थाबारे वहस हुनेछ ।

सम्झौताको लागि शुक्रबार राति अफगान सरकारले ६ सदस्यीय दललाई दोहा पठाएको छ । यी सदस्य राष्ट्रपति घनी आफैले चुनेका थिए ।