जनप्रगतिशिल मोर्चा युएईद्धारा २५अौँ जनयुद्ध दिवस सम्पन्न

काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको संगठन नेपाली जनप्रगतिशिल मोर्चा युएईले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।प्रबासी मजदुर एक हौ, नेपालमा बैज्ञानिक समाजवादमा लाम बद्द हौ’ भन्ने मुल नाराका साथ दुबईमा शुक्रबार एक कार्यक्रम गरी मोर्चाले जनयुद्ध दिवस मनाएको हो ।

मोर्चाका सेक्रेटरी समर खत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा मोर्चाका सल्लाहकार,विभिन्न संघ संस्था प्रतिनिधीहरू समेतको बाक्लो उपस्थिति रहेको थियो ।

सभालाई समापन गर्दै मोर्चा अध्यक्षले विभिन्न परिस्थितिको सामाना गर्दै देशमा आमुल क्रान्तिको लागी प्रवासबाटै भएपनि सहयोग गर्ने बताए । साथै अबका दिनमा छिट्टै नै मोर्चाले प्रवासमा रहेका नेपाली मजदुरहरुका सवालमा बिभिन्न किसिमका योजनाहरु बनाएर अघि बढ़ने जानकारी दिए ।

यस्तै, जनयुद्द दिवसका दिनमा मोर्चाको पाँचौ अधिवेशन समेत सम्पन्न गरेको थियो । पाँचौ अधिवेशनले पुन: मनोज काउछाकै नेतृत्वमा सर्वसम्मत ११ सदस्य नयाँ कर्यसमिति चयन गरेको थियो ।

कार्यक्रम मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व मोर्चाका अध्यक्ष मनोज काउछाले गरेका थिए ।