१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार
प्रकासित मिति : २०७६ फाल्गुन ६, मंगलवार १६:४२
प्रकासित समय : १६:४२
रुपन्देही, रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन युवाले जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
बलात्कारमा संलग्न भएको अभियोगमा तीनै जनालाई नै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए । गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुऱ्याई तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।