किन गरियाे बेलायती सांसदलाई भारतमा अपमान साथै देश निकाला
प्रकासित मिति : २०७६ फाल्गुन ६, मंगलवार ०८:०१
प्रकासित समय : ०८:०१
काठमाडौं – भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ ।
निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो । कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी अब्राहमको कटु आलोचकका रुपमा चिनिन्छिन् ।
विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको बीबीसीले जनाएको छ । सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् ।
उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो । उनको भिसा रद्दको कारणबारे केही पनि खुलाईएको छैन ।