दैलेखको ठाँटिखादमा स्काभेटर पल्टिदा एक जना घाइते

दैलेख, दैलेखको ठाँटिखाद गाउँपालिकामा सडक खन्दै गरेको स्काभेटर पल्टिएको छ ।सोमबार बिहान ५ बजेको समयमा ठाँटिखाद-स्वाउलेखाद सडक खण्ड अन्तर्गत वडा. नं. ६ स्थित भम्क भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्काभेटरका सहचालक घाइते भएका छन् । उनको अवस्था सामान रहेको र स्वास्थ चौकी ठाँटिखादमा उपचार भैरहेको वडां न. ६ का वडाध्यक्ष मन बहादुर बडुवालले जानकारी दिए ।

स्काभेटर सडकबाट करिब १५ मिटर जति तल गएको वडाध्यक्ष वडुवालले वताए ।