सल्यानमा १७ वर्षीया बालिकाको हत्या

 सल्यान , ‘भ्यालेनटाइन डे’ को रात सल्यानमा एक बालिकाको ह’त्या भएको अवस्थामा श’व फेला परेको छ । शुक्रबार परेको ‘प्रणय दिवसको’ राति काभ्रा गाउँपालिका १ तल्लो काभ्राकी अन्दाजी १७ वर्षिया कविता बोहराको ह’त्या गरिएको अबस्थामा श’व फेला परेको हो ।

प्रहरीलाई घरपरिवारले दिएको जानकारी अनुसार शुक्रबार राति ९ बजेसम्म कतिवाले कोठमा एक्लै पढिरहेकी थिइन्, त्यसपछि सबै सुतिसकेका थिए । राति एकबजेतिर कविताका भतिजाले (साना बालक) बिरामी भएर बमेड गर्दा सबै बिउझिए । कवितालाई पनि उठाउन खोज्दा कविता कोठामा भेटिइनन् । खोजिकार्य घर नजिकैको गाइबस्तु बाँध्ने आगनमा मृ’त अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार श’व घाँटीमा धारिलो हति’यार प्रहार गरेर ह’त्या गरिएको अवस्था फेला परेको छ । घटनास्थलमा अाज बिहान ३ बजे प्रहरी पुगेको र अनुसन्धान गरिरहेको डिएसपीले  बताएका छन ।