बागी ३ को कथा ?

मुम्बई ,बागी सिरिज कति सफल छ भने ५ वर्षमा यसको तेस्रो सिक्वेल आइसकेको छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ बक्स अफिसमा हिट भयो । त्यसपछि सन् २०१८ मा रिलिज भएको फिल्म ‘बागी २’ पनि ब्लकबस्टर भयो ।

यो फिल्मको घोषणाअघि नै तेस्रो सिरिज बनाउने निर्माण टिमले घोषणा गरेको थियो । अहमद खानले निर्देशन गरेको यो फिल्म ६ मार्चदेखि प्रदर्शनमा आउँदैछ । नेपालमा पनि फिल्म रिलिज हुने पक्काजस्तै छ । फिल्ममा टाइगर श्राफ, श्रद्धा कपूर, रितेश देशमुख, अंकिता लोखंडे, जयदीप अहलावत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्ममा रोनी (टाइगर श्राफ) र विक्रम (रितेश देशमुख) दाजुभाइ हुन्छन् । यी दुईको भाइचाराको सम्बन्ध फिल्ममा देख्न सकिन्छ । विक्रमलाई चोट पुगेको रोनीले सहन सक्दैन । बच्चैदेखि नै विक्रम समस्यामा पर्दा रोनी बचाउन आइपुग्छ । यस्तै कथा वरिपरि बागी ३ को कथा छ । ‘बागी ३’ मा विक्रम केही कामका लागि सिरिया जानुपर्ने अवस्था आउँछ । त्यसबेला भाइसँग रोनीले कुरा गरिरहेको हुन्छ । सिरियामा विक्रम अपहरणमा पर्छ । अपहरणमा परेका भाइलाई बचाउन रोनी सिरिया पुग्छ ।

फिल्ममा दाजुभाइको कथा समेटिएको छ । दमदार एक्सनका कारण यो फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ । फिल्मको नेपालमा पनि चर्चा छ ।