आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं , शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि दुई दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन ।

सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा छलफल हुने स्रोतले बताएको छ । हालका आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आइजीपीको खोजि भएको हो ।

नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।