नेपालगन्ज उद्योग बाणिज्यसंघका पदाधिकारी र सदस्यले लिए सपथ

नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्यसंघका पदाधिकारी र सदस्यले लिए सपथ लिएका छन् । उद्योग वाणिज्य संघको माघ ११ गतेको निर्वाचन वाट निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुले सपथ खाएका हुन् ।शनिवार नेपालगन्ज स्थित सिद्धार्थ कटेज एण्ड रेस्टुरेन्टमा एक अौपचारिक कार्यक्रमका विचमा प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिँहले अध्यक्ष लगायतका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।उद्योग वाणिज्य संघको निर्वाचनवाट अध्यक्षमा निर्वाचित अब्दुल वाहिद मन्सुरी (चुन्ना)उद्योग उपाध्यक्षमा आदेश कुमार अग्रवाल र वाणिज्य तर्फ अमित बस्नेत बिजयी भएका थिए ।

त्यस्तै सदस्यहरुमा टंक बहादुर धामी, हरिलाल न्यौपाने,मन्दिरा पान्डे, बिजय भण्डारी(बासु), चिरञ्जीवी वलि, धर्म राज अर्याल, भिम बहादुर रानाभाट, टंक प्रसाद शर्मा, विष्णु प्रसाद श्रेष्ठ, टेकबहादुर खड्का, बिन्दु घर्ती मगर बिजयी भएका थिए । साथै एसोसिएट तर्फ दिपेन्द्र बिष्ट, संजय अग्रवाल र वस्तुगत तर्फ सलाउदिन जसगढ, भिम कडेल, बद्री श्रेष्ठ बिजयी भएका हुन ।

सपथ ग्रहण समारोहमा प्रमुख अतिथी उद्योग वाणिज्य महाँसंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधी तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष नन्दलाल वैश्य, प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का बाँके जिल्ला संयोजक आईपी खरेल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल समसेर राणा, नेपाली काग्रेश बाँके सभापति किरण कोइराला, राष्ट्रिय प्रजातान्त्रिक पार्टी बाकेका अध्यक्ष नरेन्द्र पौडेल, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष लक्ष्मिनाराण वर्मा लगायतको उपस्थिती रहेको थियो ।