अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका-५ मा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ।

अज्ञात समूहको आगजनीबाट बा. २ क ३२९३ नम्बरको स्काभेटरमा क्षति पुगेको छ। आगजनीबाट स्काभेटरका पाटपुर्जामा क्षति पुगेको ओएसिस इन्जिनिर्यस एण्ड विल्र्डस प्रालिका विपीन न्यौपानेले बताए।

ओएसिस इन्जिनिर्यस एण्ड विल्र्डस प्रालिले खाँदबारी–लिङलिङ–चैनपुर सडक खण्डमा काम गरिरहेको छ। ओएसिस एण्ड विल्र्डस प्रालिले निर्माणका लागि पाँचखपन-५ खमारेमा राखेको स्काभेटर अज्ञात समूहले मंगलबार राति आगो लगाएका थिए। स्काभेटर आगजनीको कसैले जिम्मा लिएको छैन। स्काभेटर आगजनी गर्न समूहको खोजी भइरहेको संखुवासभा प्रहरीले जनाएको छ।