विद्यालय जाँदै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

बैतडी, दार्चुलामा टिपर ठक्करबाट एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।गोकुलेश्वरबाट बलाँच तर्फ गईरहेको बा १३ च २०४१ नम्बरको टिपरले विद्यालय जाँदै गरेका महरलाई किचेको हो। दोषीलाई कारवाहीको माग गर्दै स्थानीयहरुले अहिले सडक बन्द गराएका स्थानीय सुरेश विष्टले जानकारी दिए।

टिपर चालक शेरबहादुर पुन मगर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलमा खटिएका प्रहरी हवलदार रामसिंह धामीले जानकारी दिए।