हलिउडका चर्चित अभिनेता कर्क डग्लसको निधन्

एजेन्सी, अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

उनले सन् १९४० को अन्त्यतिर खेलेका फिल्मले खुबै लोकप्रियता कमाएका थिए । कर्कले फिल्म निर्देशन र निर्माण समेत गरेका छन् । उनले एकसय भन्दा बढी फिल्ममा काम गरेको बताइन्छ ।

कर्क तीन पटक ओस्कारको मनोनयनमा परेका थिए । उनी च्याम्पियन नामक फिल्मबाट सन् १९४९ मा ओस्कार नोमिनेसनमा परेका थिए । उनी सन् १९५२ र १९५६ मा द ब्याड एण्ड द ब्यूटीफूल र लस्ट फर लाइफ सिनेमाबाट पनि मनोनयनमा परेका थिए ।

कर्कको निधन भएको खबर उनका छोरा माइकल डग्लसले छोराले पुष्टि गरेका हुन्