बलात्कारपछि हत्यामा संलग्‍न ४ जनालाई जन्मकैद फैसला

धनगढी, बलात्कारपछि हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका–११ की माया बिकको मुद्दामा आरोपित ५ मध्ये ४ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको छ । सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई जन्मकैद तोकिएको हो ।उनीहरुमध्ये सुरज चौधरी र भुवन खातीलाई जबरजस्ती करणीको अभियोगमा थप कसूर ठहर गरिएको अदातका श्रेष्तेदार राइभान कुन्जेडाले बताए ।

अर्का अभियुक्त तपेन्द्र बोगटीको हकमा भने मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ ९२० को प्रावधान बमोजिम कारबाही हुने उल्लेख गरिएको छ । जसअनुसार उनलाई ५ वर्ष कैद हुनेछ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार अबेर उक्त फैसला सुनाएको हो । यसअघि बारम्बार उक्त पेसी स्थगित हुँदै आएको थियो । ०७५असार १२ गते बेपत्ता मायाको १५ गते गाउँ नजिकैको स्थानीय चपरतली सामुदायिक वनमा शव भेटिएको थियो । अभियुक्तहरुमाथि अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यानको माग दाबी गरिएको थियो ।