अन्ततः महाअभियोगबाट राष्ट्रपति ट्रम्पले पाए सफाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन्। उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले सफाइ दिएको हो । १८, डिसेम्बर २०१९ मा विपक्षी पार्टी डेमोक्रेटको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो। शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पले सफाइ पाए भने संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि उनलाई सफाइ दिइएको छ। उनलाई महाभियोग लागउने पक्षमा ४८ मत खसेको थियो भने विपक्षमा ५२ खसेको थियो।

अमेरिकी सिनेटमा भएको मतदानमा अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो। दुई अभियोगमध्ये एकमा पनि सिनेटमार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थिए र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो। तर, माथिल्लो सदनमा उनको पार्टी रिपब्लिकनको बहुमत भएकोले उनको पद जोगिनुका साथै आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावका लागि उमेदवार बन्‍ने बाटो खुला भएको हो।