बाजुरामा भाइरल ज्वरोले २ जनाको मृत्यु

बाजुरा,बाजुराको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घरका पाँच जना बिरामी परेका मध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले जानकारी दिए ।

ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिएका वडाध्यक्ष रोकायाले बताए । उनका अनुसार वडा नं १ को सिङ्गो गाउँ ज्वरोले प्रभावित बनेको छ । स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । अत्याधिक चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी परेका उनले जानकारी दिए ।

हिमाली गाउँपालिका–६ घुलाचौरमा पनि भाइरल ज्वरोको प्रकोप फैलिएका छ। जिल्ला अस्पतालका चिकित्सक राजुराज जैसी सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।