आफ्नै छोरी बलात्कार अभियोगमा बुवा पक्राउ

अमरगढी,डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् । उनले आफ्नी १६ वर्षीया छोरीलाई डराइ, धम्काइ विगत ६ वर्षदेखि जबरजस्ती करणी गर्दै आएका थिए । आफन्तको सहयोगमा पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले उनका बुवालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका पुरुषलाई मंगलबार जिल्ला अदालत डडेल्धुरामा उपस्थित गराइ अनुसन्धानका लागि ७ दिनको अनुमति पाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणीअन्तर्गत अनुसन्धान शुरु गरिएको छ ।