बढयो ग्यासको मूल्य, पेट्रोल र डिजेल घट्यो

काठमाडौं, नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो । अब पेट्रोलको मूल्य ११०, डिजेल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी ग्यासको मूल्य भने बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पुर्‍याएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।