मानव बेचबिखनको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं , जनप्रतिनिधि नै मानव बेचबिखनको आरोपित भन्दा पत्याउनुहुन्छ ? सामान्यताः जो कोहिले यस्तो आरोपको कल्पना समेत गर्न सक्दैनन् ।

तर काठमाडौंस्थित काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई भने प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको छ । उनिसँगै अरु २ जना पनि पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको टोलीले खड्कासँगै बिज्रगोपाल श्रेष्ठ र नवल ठाकुरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको खुलेको छ ।

एक महिलाले देहव्यापार गरेको उजुरी दिएपछि प्रहरीले सानेपाको एक होटलमा छापा मारेर गत शुक्रबार उनिहरुलाई नियन्त्रणमा लिएको ललितपुरका प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए । पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का बासिन्दा हुन् ।