किन आन्दोलनमा उत्रिए बागेश्वरी मन्दिर परिसरका स्थानीय ?

कारण यस्तो रहेछ

नेपालगन्ज, सरकारले व्यक्तिको नाममा गएको नेपालगन्ज बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका स्थानिय बासिहरु आन्दोलित भएका छन् ।मन्दिरको जग्गा व्यक्तिको नाममा परिणत भएसँगै जग्गा किनेर बसेका स्थानीय बासिहरु आफुहरु दोसी नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मन्दिरको जग्गा किनेर बसेकाहरु इन्द्रपुरबाट नारा जुलुशसहित आज वीपीचोकमा आएर प्रदर्शन गरेका छन् ।सरकारद्धारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बधन्धी जाँचबुझ आयोगले पाँच महिना लगाएर अध्ययन गरेपछि व्यक्तिको नाममा गएको मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने रायसहित सरकारलाई प्रतिबेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारले मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेको छ । डेढ सय बर्ष देखि जग्गाको तिरो तिरेर बसेका स्थानीय बासिन्दाले हचुवाको भरमा सरकारले निर्णय गरेको आरोप लगाएका छन् ।२०११ साल देखि तिरो तिरेर बसेको ठाउँबाट सरकारले उठाउन खोजे चुप लागेर नबस्ने स्थानीय दीपक मल्लले चेतावनी दिए ।उनले कागज र प्रमाण हेरेर छानविन गर्न आग्रह समेत गरे । आजको आन्दोलनलाई सांकेतिक भनेका स्थनीयले सरकारले हटाउन खोजे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।आयोगले मन्दिरको ८४ विघा जग्गा व्यक्तिको नाममा गएको ठहर गर्दै फिर्ता गर्नुपर्ने रायसहितको प्रतिवेदन सरकारलाई दिएको छ ।