‘तक्मेबुढा’ बने बाबु

काठमाडौं, हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् ।

इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो ।राईले पुत्रलाभ भएको खुसी आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी महसुस भएको उनले सामाजिक संजालमा लेखेका छन् ।सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राईको आज ३४ औँ जन्मदिन समेत परेको छ ।